डा.रामजी राम स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद गर्नेक्रममा जेनजीको प्रतिनिधित्व हुनेगरी डा.रामजी रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागेकी हुन् । डा.रामजी रामको सपथ सोमवार हुने छ । रामजी राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर हुन् । रौतहटको गढीमाई नगरपालिका–९ का ३० वर्षीय रामजी […]
नेपालगन्जस्थित एचसीआरसी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बर्दियाको बारबर्दियामा गएर निःशुल्क स्वास्थ्य सेवा दिएका छन् । विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका स्थानीय समुदायका लागि शिविरले ठूलो लाभ पुर्याएको स्थानीयले बताए । बारबर्दिया नगर अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह, बालरोग विशेषज्ञ डा. उपेन्द्र यादव लगायतका चिकित्सकले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा […]
नेपालमा पहिलोपटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनी पीसीएनएल) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । शनिबारबाट सुरु हुने दुईदिने अन्र्तराष्ट्रियस म्मेलनमा विभिन्न ४० देशका चिकित्सकहरु आउनेछन् । सम्मेलनमा विभिन्न देशका वरिष्ठ युरोलोजिष्टहरुले आफ्नो देशमा भएको मिनी पीसीएनएल सम्बन्धि जानकारी गराउनेछन् । खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी र आरुस लाइफस्टाइल अस्पतालको आयोजनामा काठमाडौंमा हुन लागेको सम्मेलनमा […]
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् […]
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी (Gen-Z) आन्दोलनले देशभरका सरकारी संरचनामाथि गम्भीर प्रभाव पारेको छ। आन्दोलन चर्किँदै जाँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवनमा लागेको आगलागीले नेपालकै आधुनिक वास्तुकलाको एउटा रत्न सदाकालागि नष्ट गरिदिएको छ।अहिले मन्त्रालयले सेवा सञ्चालनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) भवन सापटी लिएर काम थालेको छ। आगलागीपछि मन्त्रालयले […]
सरकारले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिहीबार क्यान्सर अस्पतालमा त्यहाँ उपचारका रहने क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्नका लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्ने विषयमा आवश्यक छलफल गरेर अगाडी बढाउने […]
सम्मेलनमा ४० देशका २०० बढी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने काठमाडौँ, २४ असोज । नेपालमा पहिलो पटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनि पीसीएनएल) सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यहि शनिबार र आइतबार (२५ र २६ असोज) हुने सम्मेलनमा नेपाल सहित ४० देशका २०० बढी युरोलोजिष्टहरुको सहभागिता हुने बताइएको छ । दरबार मार्गस्थित होटल […]
हामी एउटा ऐतिहासिक मोडमा पुगेका छौं’- यो भनाइ हो अमेरिकन क्यान्सर वैज्ञानिक डा. नोरा डीसीसको, जो अहिले आफ्नो ३० वर्षे अनुसन्धान यात्राको सबैभन्दा ठूलो उपलब्धी (ब्रेस्ट क्यान्सर भ्याक्सिन) नजिक पुगेकी छन्। ड. डीसीस वाशिंगटन युनिभर्सिटीको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटकी प्रमुख हुन्। उनी भन्छिन्, ‘आगामी दशकभित्र नै क्यान्सरको उपचारमा भ्याक्सिन सामान्य अभ्यासको हिस्सा हुनेछ अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान […]
नेपाल सरकारले काठमाडौंमा विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। सम्पर्क कार्यालयको खर्च नै एक अर्ब वरपर हुने गरेको ‘रिपोर्टिङ’ प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री शुशीला कार्कीको निर्देशनमा मन्त्रालयले पत्राचार गरेको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार स्वास्थ्य सचिव डा विकास देवकोटासँगको छलफलपछि उक्त निर्णय लिइएको हो। स्वास्थ्य तथा […]