14.4c Kathmandu, Nepal

Saturday, October 24, 2026

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।

Read More

पर्सामा हैजाविरुद्धको खोप दिइँदै

पर्सामा आजबाट हैजाविरुद्धको खोप दिइँदैछ । हैजा प्रभावित क्षेत्रमा सरकारले खोप दिन लागेको हो ।  स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।  पर्सामा आज (असोज २६)बाट सुरु हुनेछ भने बाराका ६ स्थानीय तहमा असोज २९ गतेदेखि सुरु खोप दिइनेछ ।  […]

Read More

प्रहरी कर्मचारीको निःशुल्क आँखा परीक्षण

असोज २५ गते । नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ । प्रहरी कर्मचारीहरूको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजित यस शिविरबाट  प्रहरीहरू लाभान्वित भएका छन् । अस्पतालको प्राविधिक तथा विशेषज्ञ टोलीले शिविरमा प्रहरी उपरीक्षक अनुपम श्रेष्ठसहित कुल ११८ […]

Read More

तीन वर्षमा पन्ध्र हजारभन्दा बढीको आँखा उपचार

असोज २५ गते । सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा लहान नगरपालिकाको पन्ध्र हजार विरामीको उपचार गरेको जनाएको छ । ‘‘दियोमुनि अँन्ध्यारो रहनु हुँदैन’’ नारासाथ लहानमा यो अभियान चलाइएको छ ।  लहान नगरपालिकाको आर्थिक सहयोगमा अन्धोपन निवारण कार्यक्रम अन्तर्गत पन्ध्र हजारभन्दा बढीको आँखा उपचार र दुई हजारभन्दा बढीको मोतियाबन्दुको शल्यक्रिया गरिएको अस्पतालको प्रमुख प्रशासक अभिषेक […]

Read More

कोभिड-१९ सङ्क्रमणले मुसाको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावना : अध्ययन

असोज २५ गते । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ ।  यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताले गरेको अध्ययनमा भाले मुसालाई कोभिड-१९ भाइरसले सङ्क्रमित गरियो र […]

Read More

टोल विकासद्वारा रक्तदान र सम्मान

असोज २५ गते । नवलपुरको कावासोती-५ मा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ ।   कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । संस्थाले ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा अण्डा र हर्लिक्स तथा खादामालाले सम्मान गरेको छ । यस्तै, १३ जना सहयोगदातालाई सम्मापत्रले सम्मान गरेको […]

Read More

मानसिक समस्याका शारिरीक लक्षणहरू यस्ता छन्, बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक समस्याका कारण शरीरमा देखिने विभिन्न लक्षणहरूलाई बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार, मानसिक चिन्ता केवल मनमा होइन, शरीरमा पनि विभिन्न समस्या भएर प्रकट हुन सक्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिन्ताका निम्न शारीरिक लक्षणहरू देखिन सक्छन् —– टाउको दुख्ने– ढाड दुख्ने– घाँटी र काँध […]

Read More

मनमोहन अस्पतालले भन्यो, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ, थप परीक्षण पनि हुँदैछ’

काठमाडौँ, २५ असोज । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । केही वेर अघि छोटो विज्ञप्ती जारी गर्दैै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको हो । ‘राष्ट्रपति पौडेल ज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको […]

Read More

किर्ते आयात अनुमति पत्र पेश गरी औषधी भित्र्याएको आरोपमा कान्तिपुर भेटका सञ्चालक सुवेदी पक्राउ

काठमाडौँ, २५ असोज । पशु सम्वन्धी आहार तथा औषधीको आयात तथा विक्री बितरण गर्ने कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालि काठमाडौँकी सञ्चालक अध्यक्ष मुना सुवेदी लिखत सम्वन्धी कसुरमा पक्राउ परेकी छन् । सुवेदीलाई आयात अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नै नभएका औषधी भित्राउने कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो […]

Read More