असोज २५ गते । नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ । प्रहरी कर्मचारीहरूको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजित यस शिविरबाट प्रहरीहरू लाभान्वित भएका छन् । अस्पतालको प्राविधिक तथा विशेषज्ञ टोलीले शिविरमा प्रहरी उपरीक्षक अनुपम श्रेष्ठसहित कुल ११८ […]
असोज २५ गते । सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा लहान नगरपालिकाको पन्ध्र हजार विरामीको उपचार गरेको जनाएको छ । ‘‘दियोमुनि अँन्ध्यारो रहनु हुँदैन’’ नारासाथ लहानमा यो अभियान चलाइएको छ । लहान नगरपालिकाको आर्थिक सहयोगमा अन्धोपन निवारण कार्यक्रम अन्तर्गत पन्ध्र हजारभन्दा बढीको आँखा उपचार र दुई हजारभन्दा बढीको मोतियाबन्दुको शल्यक्रिया गरिएको अस्पतालको प्रमुख प्रशासक अभिषेक […]
असोज २५ गते । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ । यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताले गरेको अध्ययनमा भाले मुसालाई कोभिड-१९ भाइरसले सङ्क्रमित गरियो र […]
असोज २५ गते । नवलपुरको कावासोती-५ मा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । संस्थाले ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा अण्डा र हर्लिक्स तथा खादामालाले सम्मान गरेको छ । यस्तै, १३ जना सहयोगदातालाई सम्मापत्रले सम्मान गरेको […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक समस्याका कारण शरीरमा देखिने विभिन्न लक्षणहरूलाई बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार, मानसिक चिन्ता केवल मनमा होइन, शरीरमा पनि विभिन्न समस्या भएर प्रकट हुन सक्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिन्ताका निम्न शारीरिक लक्षणहरू देखिन सक्छन् —– टाउको दुख्ने– ढाड दुख्ने– घाँटी र काँध […]
काठमाडौँ, २५ असोज । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । केही वेर अघि छोटो विज्ञप्ती जारी गर्दैै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको हो । ‘राष्ट्रपति पौडेल ज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको […]
काठमाडौँ, २५ असोज । पशु सम्वन्धी आहार तथा औषधीको आयात तथा विक्री बितरण गर्ने कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालि काठमाडौँकी सञ्चालक अध्यक्ष मुना सुवेदी लिखत सम्वन्धी कसुरमा पक्राउ परेकी छन् । सुवेदीलाई आयात अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नै नभएका औषधी भित्राउने कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो […]
भारतको १८ बालबालिकाको ज्यान लिएको कफ सिरप औषधि नेपालमा उपलब्ध नभएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोल्ड्रिफ’ नामक सिरप नेपालमा दर्ता नै नभएकाले बिक्री वितरण गर्न नपाइने समेत स्पष्ट पारिएको छ । औषधि आयातकर्ता, चिकित्सक, फार्मेसी तथा सर्वसाधरणलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।
सरकारले ७ सय ५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्याएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा। श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए । आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उनले बताए । उक्त […]