चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बिच सम्झौता भएको छ । परिषदका खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गर्नका लागि राखेपले वीर अस्पतालसंग सम्झौता गरेको हो । सम्झौता अनुसार वीर अस्पतालले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ । प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले राखेपका खेलाडी, प्रशिक्षक तथा […]
पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्स मात्र होइन, अब धनगढीका निजी अस्पतालमा कार्यरत नर्सहरु पनि आन्दोलित भएका छन् । धनगढीमा रहेका निजी अस्पताल सञ्चालकहरूले अति न्यूनतम पारिश्रमिकसमेत नदिएर श्रम शोषण गरिरहेको भन्दै धनगढीमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । निजी अस्पतालहरूले श्रम शोषण गरेको भन्दै धनगढीमा कार्यरत नर्सहरुले “भ्वाइस अफ प्राइभेट हेल्थ […]
काठमाडौँ, ३१ असोज । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन […]
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पताल मात्र चलिरहेको द्वन्द्व र विनाशको बिचमा आंशिकरूपमा काम गरिरहेका छन् । पत्रकारसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त […]
सुर्तीजन्य पदार्थ नियमन सम्वन्धी कानूनी व्यवस्थाका पक्ष र विपक्षका तर्फबाट पछिल्लो एक वर्षमा उच्च अदालत पाटन र सर्बोच्च अदालतमा तीनवटा रिट परे । त्यसमध्ये उद्योग मन्त्रालयले सुर्ती उद्योगीको पक्षमा गरेको गैरकानूनी निर्णय सम्वन्धी रिटको फैसला भईसकेको छ । बाँकी दुईवटा मध्ये एउटा हेर्दा हेर्दैमा र अर्को पुन मिसिल तयार गरी अघि बढ्नुपर्ने अवस्थामा छ । […]
काठमाडौँ, ३१ असोज । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका विमित परिवारलाई २०८२ असोज मसान्तसम्म बीमा नगरेमा त्यसपछि अतिरिक्त शुल्क थप्दै जाने व्यवस्था तत्कालका लागि स्थगित भएको जनाएको छ । यसअघि बोर्डले ११ भदौमा सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि २०८२ कार्यान्वयन भएको र त्यसमा […]
बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेशका बागलुङसहित तीन जिल्लामा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालनमा ल्याइएको छ। चालु आर्थिक वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गतको कार्यक्रमका रूपमा गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमा यो अभियान सुरु गरिएको हो। देशभरका २३ जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका ती […]
नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरका आर्थिक रूपमा कमजोर बिरामीहरूलाई यो कोषमार्फत निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए। उनले जीवनको अन्तिम चरणमा रहेका प्रत्येक […]
मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। त्रिवि शिक्षण अस्पताल नर्सिङ एकाईकी सदस्य सीता मिश्रले निजी अस्पतालहरुले सरकारले नर्सका लागि कायम गरेको पारिश्रमिक दिन अस्वीकार गरेकोले निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा आफूहरु आन्दोलित […]