चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बिच सम्झौता भएको छ ।
परिषदका खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गर्नका लागि राखेपले वीर अस्पतालसंग सम्झौता गरेको हो ।
सम्झौता अनुसार वीर अस्पतालले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुलाई वीर अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।
सम्झौता पत्रमा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूलाई, स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने उल्लेख छ ।