नयाँ बिरामी भर्ना गर्न बन्द विराटनगर, १ कार्तिक । तलबवृद्धिको माग गर्दै विराट टिचिङ अस्पतालका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । नर्सहरुले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका हुन् । नर्सहरुले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ । अस्पतालले आकस्मिक कक्षमा समेत नयाँ बिरामी […]
काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सकहरूलाई औषधिको जेनेरिक नाम मात्र लेख्नुपर्ने सरकारी नियम असान्दर्भिक, अव्यवहारिक र अवैज्ञानिक रहेको बताएको छ। संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालमा जेनेरिक औषधिको दर्ता र नियमन प्रणाली नै नहुँदा यस्तो नीति व्यवहारमा लागु गर्न असम्भव रहेको उल्लेख गरेको छ। संघका अनुसार हाल नेपालमा औषधि व्यवस्था विभागद्वारा दर्ता र स्वीकृति प्राप्त सबै औषधिहरू […]
बेलायतमा कार्यरत नेपाली चिकित्सक डा. विश्वविख्यात कार्की अहिले कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गरिरहेका छन्। बेलायतमा आफूले सिकेको र सिक्दै गरेको ज्ञान र सीप नेपालमा पनि प्रदान गर्नुपर्छ भन्ने उनको मान्यता छ। त्यही मान्यतासहित उनले छुट्टीको समयमा आएर नीतिगत लबिङ गरे। सशस्त्र प्रहरी अस्पतालमा सर्जिकल स्किल्स कोर्स मार्फत उनले नेपाली मेडिकल विद्यार्थीहरूलाई सिमुलेसनमार्फत सर्जरी अभ्यास गराए। […]
तौलिहवा(कपिलवस्तु), जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभुमि नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाँउपालिकाले आठ प्रकारका कडा रोगका सम्बन्धमा बीमा अनिवार्य गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) कार्यान्वयनमा ल्याएको छ । […]
गलकोट (बागलुङ), जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । […]
वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ । वालिङ नगरपालिका-१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको निगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले […]
काठमाडौँ, कात्तिक १ गते । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिनुभयो । खोप […]
उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानुनी रूपमा अनुमति दिइएका मुलुकमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देश मध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता […]