हामी एउटा ऐतिहासिक मोडमा पुगेका छौं’- यो भनाइ हो अमेरिकन क्यान्सर वैज्ञानिक डा. नोरा डीसीसको, जो अहिले आफ्नो ३० वर्षे अनुसन्धान यात्राको सबैभन्दा ठूलो उपलब्धी (ब्रेस्ट क्यान्सर भ्याक्सिन) नजिक पुगेकी छन्। ड. डीसीस वाशिंगटन युनिभर्सिटीको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटकी प्रमुख हुन्। उनी भन्छिन्, ‘आगामी दशकभित्र नै क्यान्सरको उपचारमा भ्याक्सिन सामान्य अभ्यासको हिस्सा हुनेछ अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान […]
नेपाल सरकारले काठमाडौंमा विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। सम्पर्क कार्यालयको खर्च नै एक अर्ब वरपर हुने गरेको ‘रिपोर्टिङ’ प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री शुशीला कार्कीको निर्देशनमा मन्त्रालयले पत्राचार गरेको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार स्वास्थ्य सचिव डा विकास देवकोटासँगको छलफलपछि उक्त निर्णय लिइएको हो। स्वास्थ्य तथा […]
नेपालमा अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम सम्पन्न भएको छ। मेडिकल विद्यार्थीहरूका लागि रहेको उक्त तालिम आरसीएसईडी (रोयल कलेज अफ सर्जन्स एडिनबर्ग) सीपीडी-एप्रुभ्ड पहिलो यो तालिम नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु, काठमाडौंमा आयोजना गरिएको थियो। तालिमको नेतृत्व तालिम निर्देशक डा विश्व बेक्ह्यात कार्की र सह-तालिम निर्देशक डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठले गरेका थिए। तालिम ग्लोबल सर्जरी सिमुलेसन […]
नेपाल लगायत विश्वका विभिन्न देशका बिरामीलाई निशुल्क क्यान्सरको औषधि उपचारमा गर्दै आएको गैरनाफामूलक संस्था द म्याक्स फाउन्डेशनले सन् २०३० सम्ममा हरेक वर्ष १ लाख बिरामीलाई क्यान्सर उपचार उपलब्ध गराउने लक्ष्य घोषणा गरेको छ। हालै अमेरिकामा आयोजित क्लिन्टन ग्लोबल इनिसिएटिभ (सीजीआई)को वार्षिक सम्मेलनमा उक्त घोषणा गरिएको हो। संस्थाले हाल म्याक्सले करिब ४०,००० बिरामीलाई उपचार, हेरचाह र सहयोग सेवा उपलब्ध गराइरहेको छ। […]
सरकारले पर्सा जिल्लाका सबै स्थानीय तह तथा बारा जिल्लाका ६ स्थानीय तहमा हैजाविरुद्धको खोप दिने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार बारा र पर्साका १ वर्षभन्दा माथिका व्यक्तिलाई हैजाविरुद्धको खोप दिन लागिएको हो। उक्त अभियान असोज २६ गतेदेखि पर्सा जिल्लामा र असोज २९ गतेदेखि बारा जिल्लामा १ महिनाका लागि सञ्चालन गर्न […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो। […]
राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवात गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो। शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा कुलदीप मंगल जोशीले बताए। सबै सामग्री सेटअप भइसकेपछि सामान्यतया […]
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अबदेखि आफ्ना चिकित्सकहरूलाई बिरामीलाई औषधि लेख्ने क्रममा नयाँ नियम पालना गर्न निर्देशन दिएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार चिकित्सकहरूले अब औषधिको नाम कम्पनीको ब्रान्ड होइन, यसको जेनेरिक नाममा र ठूलो (क्यापिटल) अक्षरमा लेख्नुपर्नेछ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यले जारी गरेको सूचनामा यो व्यवस्था नेपाल सरकार र डीन […]
नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन […]