पोखरा- गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल, कास्कीले यही २०८२ साल असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म अस्पताल परिसरमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ। उक्त कार्यक्रममा सहभागी हुनका लागि […]
भोजपुर, असोज २५ गते । यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ । पहिले सामान्य उपचारका लागि पनि श्यामशिला र वरपरका नागरिकलाई घण्टौँ पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र यातायातको असुविधाका कारण साधारण ज्वरो, पेट दुखाइकोसमेत […]
बागलुङ, असोज २५ गते । मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरु सम्मानित भएका छन् । डा. तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अङ्ग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो । कोषको १३ औं वार्षिकोत्सव सम्पन्न गरिनुको साथै १० औं पुरस्कार सम्मान अर्पण र इन्द्रलक्ष्मी स्मृति पुरस्कार पनि समर्पण […]
काठमाडौँ, देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो । समितिका अनुसार बिहीबार कालीमाटीमा रहेको प्रयोगशालाले विभिन्न ठाउँबाट आएका […]
बारा, असोज २५ गते । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ […]
काठमाडौँ, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका […]
‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्घले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्यविद्ले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सङ्घले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी […]
२३ असोज, काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य […]
२३ असोज, काठमाडौं । नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरू गर्न लागेको छ । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार पर्सामा […]