14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
७ महिना अगाडि

नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। 

दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ। 

यस्तै बाथरोगको प्याकेजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अस्पतालको ल्याब परीक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। जसअनुसार प्याथोलोजी टेस्ट, नन इन्भेजिभ कार्डियाक इन्भेस्टीगेशन, एक्सरे, सीटी तथा एम आर आई र अल्ट्रासाउन्डमा २० प्रतिशत छुट उपलब्ध गराइनेछ। सेवा लिनका लागि फोन नम्बर ०१- ५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ। 

विश्व बाथ रोग दिवसका यही असोज २६ गते (१२ अक्टोबर) का दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।