कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून जनशक्तिका बीच पनि हुम्ला जिल्ला अस्पतालले पहिलो पटक सुरक्षित शल्यक्रिया (सिजेरियन सेक्शन) सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एम.डी.जी.पी. डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको पूर्वनिर्धारित शल्यक्रिया गरिएको हो। तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी सुनारले यसपटक हुम्लामै सुरक्षित […]
काठमाडौँ, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।शिष्टाचार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ । भेटवार्तामा परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको […]
काठमाडौं, १८ कात्तिक । ओम अस्पतालको क्यान्टिनको सरसफाईमा चरम लापरबाही गरेपछि सात दिनका लागि बन्द गरिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गर्दा ओम अस्पतालको क्यान्टिनको सरसफाइमा चरम लापरबाही गरेको पाइएको हो । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही […]
बागलुङ – गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रका लागि विनियोजन भएको बजेट कटौती हुन नहुने बताएका छन्। उनले प्रदेश सरकारले बजेटलाई मितव्ययी बनाउने उद्देश्यका साथ केही शिर्षकमा बजेट कटौती गरेता पनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मंगलवार आयोजना गरेको वार्षिक समीक्षा तथा चालु बर्षको खर्च सार्वजनिक कार्यक्रममा […]
काठमाडौं- नेपालभरका हेल्थ असिस्टेन्टहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीमा सि.अ.हे.व. अधिकृत र जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तेरिज, र जिम्मेवारी विभाजनमा एकरूपता नहुँदा स्वास्थ्यकर्मीहरू अन्योलमा परेको जनाएको छ। […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिएको छ। मन्त्री डा. सुधा गौतम (शर्मा)ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई उक्त महाशाखाको जिम्मेवजारी दिएकी हुन्।महाशाखाका तत्कालीन निर्देशक डा. विवेककुमार लालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। डा. उपाध्याय […]
स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ । भोजपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी स्याहार एवं पोषण कार्यक्रम, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, किशोर […]
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो । यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताउनुभयो । उहाँले आरडिटीले शत […]
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् । दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५७ जना महिला र १५५ जना पुरुषले सेवा लिएको दार्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नम्बर, ३ र आइतबार वडा नम्बर, ५ मा शिविर सञ्चालन भएको […]