14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
६ महिना अगाडि

परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिएको छ।

मन्त्री डा. सुधा गौतम (शर्मा)ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई उक्त महाशाखाको जिम्मेवजारी दिएकी हुन्।महाशाखाका तत्कालीन निर्देशक डा. विवेककुमार लालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्।

डा. उपाध्याय यसअघि वीर अस्पतालमा कार्यरत थिए।