14.4c Kathmandu, Nepal

Monday, July 20, 2026

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस  मनाउन […]

Read More

तीन बुँदे सहमतिसँगै नर्सहरूको आन्दोलन फिर्ता

तीन बुँदे सहमतिसँगै नर्सहरूले आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार सेवासुविधा सम्बन्धी माग राख्दै आन्दोलनमा रहेका नर्सहरूले सहमतिसँगै विरोधका कार्यक्रम हालका लागि फिर्ता लिएका हुन् । शुक्रबार मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई यसअघि गठन भएको प्रा।डा। श्रीकृष्ठ श्रेष्ठ नेतृत्वको कार्यदलमा सदस्यका रूपमा समावेश गर्ने सहमति गरिएको […]

Read More

नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत *संघ/संगठनका तर्फबाट सदस्य थप्ने सहमति

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत विभिन्न *संघसंस्थाका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्।  कार्यदललाई नर्सहरुको सेवासुविधाका विषयमा यथार्थ प्रतिवेदनसहित सुझाव दिने कार्यभार दिइएको छ।  अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा नर्सिङको समस्या समाधानका लागि समिति बनेको छ।  उक्त सहमति पछि […]

Read More

‘उपत्यका बाहिर जलन उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउन बाध्य जलन पीडित’

उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित  काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा‍.डा.शंकरमान राई बताउनुहुन्छ । दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको बताउनुभएको हो ।  सरकारले सातै प्रदेशमा जलन पीडितको निःशुल्क उपचार गर्ने […]

Read More

भेरीगंगामा प्राथमिक कान तथा आँखा उपचार शिविर— स्वास्थ्यसेवा घरदैलोमै पाउँदा स्थानीय खुशी

सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर  सुरु भएको छ । कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने शिविर नगरका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । कार्यक्रमअनुसार पहिलो शिविर कार्तिक १६ गते भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सञ्चालन हुनेछ भने अन्तिम शिविर […]

Read More

स्वः पन्नालाल गुप्ताको जन्मजयन्तीमा पत्रकारहरुको ‘मुटु’ जाँच गरिँदै

बाँकेका पत्रकारहरुका लागि आज विहान निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियनका संस्थापनक अध्यक्ष स्वः पन्नालाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसरमा विहान साढे ७ बजे भेरी अस्पतालमा निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना, […]

Read More

स्वास्थ्य बिमामा बिरामीको आकर्षण बढ्दै

कात्तिक २० गते । स्वास्थ्य बिमामा आकर्षण  बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।  जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढिरहेका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा बिमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको […]

Read More

भेरी अस्पतालमा १४ महिनादेखि ‘सिटीस्क्यान’ सेवा अवरुद्ध

कात्तिक २१ गते । भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् । तर ‘सीटी स्क्यान’सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरै जसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् । मेसिन सञ्चालनका लागि प्रयास […]

Read More

निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने

चिकित्सकले निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र […]

Read More