काठमाडौँ, २७ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाले गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने जानकारी दिएको हो । महाशाखाका प्रमुख डा.सरोज शर्माले प्रत्येक अस्पतालबाट एक एक जना सदस्य रहने गरी समिति गठन गरिएको र उक्त समितिको […]
काठमाडौं। गृह मन्त्रालयको जगेडामा सहसचिवको संख्या घट्दो अवस्थामा रहेको छ। गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव किरण थापा सोमबारबाट अनिवार्य अवकाशमा गएसँगै अहिले गृहको जगेडामा दुई सहसचिव बाँकी रहेका छन्। केही दिन अघि मात्र गृहको जगेडामा रहेका सहसचिव बाबुराम गौतम बागमती प्रदेशतिर पुगेका छन्। गृहको बरण्डामा रहेका सहसचिवद्वय छविलाल रिजाल र तिर्थराज भट्टराई संघीय मामिला तथा […]
कञ्चनपुर, २७ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ। सुरक्षित रूपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ। […]
काठमाडौँ, २७ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि हैजाविरुद्धको खोप अभियान सुरु भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय पर्सा भएको एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई […]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रु. १,२०,८५० (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ) घुससहित नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका […]
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी पाँच बुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार मिति २०८१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन […]
सम्मानजनक तलब र सुविधाको माग पूरा गर्न शुक्रबारसम्म चेतावनी दिएका नर्सहरू प्रशासनले उल्टो अपमान र सशंकित गराउन थालेपछि फेरि सेवा छाडेर आन्दोलनमा उत्रिएका छन् । २६ असोज, पोखरा । अस्पतालभित्र बिरामीको चित्कार र आफन्तको दौडधुप छ । मूल भवनबाहिर अस्पतालका नर्सहरूको पीडा र शोषणविरुद्धको आवाज गुञ्जिरहेको छ । दिनरात बिरामीको सेवामा खटिइरहेका नर्सहरू अस्पताल प्रशासनबाट […]
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।
पर्सामा आजबाट हैजाविरुद्धको खोप दिइँदैछ । हैजा प्रभावित क्षेत्रमा सरकारले खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । पर्सामा आज (असोज २६)बाट सुरु हुनेछ भने बाराका ६ स्थानीय तहमा असोज २९ गतेदेखि सुरु खोप दिइनेछ । […]