14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर

सुनसरी। जिल्ला अस्पताल सुनसरीका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर भएका छन्। डा. राईलाई हातपात गर्ने थापालाई सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको हो। २०८१ कार्तिकमा आफ्नो आमाको उपचारक्रममा लापरबाही गरेको आरोप लगाउँदै इनरुवा नगरपालिका वडा नम्बर ६ का थापाले डा. राईलाई हातपात गरेका थिए। सुनसरीका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासमा […]

Read More

के जेन-जी आन्दोलनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको छ ?

काठमाडौँ — भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनमा हिंसाका घटना मात्रै भएनन् सरकारीदेखि निजी संरचनामा आगजनी र विध्वंस पनि भए । उत्तेजित र आक्रोशित मानिसको भीड आगजनीमा उत्रिएको, प्रहरीको गोली लागेर रगताम्य भएकाहरु सडकमा ढलेको, घाइतेहरुले उपचारको पर्खाइमा हार गुहार गरेकोदेखि आफैंलाई सम्हाल्न नसकिरहेका मृतकका परिवारजन र आफन्ती रोइकराइ गरेका जस्ता […]

Read More

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । […]

Read More

डेङ्गुबाट छ हजार १०६ जना सङ्क्रमित, पाँचको मृत्यु

काठमाडौँ, असोज २८ गते । डेङ्गु सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सोही समयमा देशका ७५ जिल्लाबाट छ हजार १०६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा […]

Read More

कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने

काठमाडौँ, असोज २८ गते । स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ ।  बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको छ ।  स्वास्थ्य बिमा बोर्डले बीमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन […]

Read More

विपिनको डीएनए परीक्षण : सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ ।  हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । […]

Read More

रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय, के के छन् ?

२८ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुन: प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक […]

Read More

काठमाडौं महानगरमा साउन र भदौमा ४१ हजार बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ । महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका साउन र भदौमा ४१ हजार ९७१ जना नगरवासीले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् […]

Read More

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च अनुमानित एक अर्ब

२८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी नेतृत्वको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले समितिको संयोजकत्व गर्नेछन् । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक […]

Read More