हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा विभिन्न प्रकारका क्यान्सर रोगका ४ सय २५ वटा शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकारका क्यान्सर रोगको ४ सय २५ वटा शल्यक्रिया र सोही अवधिमा ३ हजार […]
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । कुश्मीशेरा बजारमा सञ्चालित निःशुल्क शल्यक्रिया […]
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामूलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । दैनिकजसो ठुलो सङ्ख्यामा कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा पुग्दा शरीरमा अक्सिजनको कमी भएकालाई स्वास्थ्य चौकीमा उपचारपछि जटिल समस्या […]
दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् । नगरपालिकाले २०७७ सालमा बिग बी एण्ड कम्पनीसँग स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म […]
फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा बिरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । प्रारम्भमा राउते समुदायका दुई जना […]
बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिँदै एक शिशुको ज्यान बचाएकी छन्। गौमुल गाउँपालिका–१ माडीकी २९ वर्षीया निशा बोहराले असोज २० गते जन्म दिएकी शिशुलाई थापाले असाधारण धैर्य र समर्पणका साथ जीवन प्रदान गरेकी हुन्। निशालाई उनका आफन्तहरूले सुत्केरी गराउन माडी सामुदायिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। स्वास्थ्य संस्थामा आइपुग्दा शिशुको टाउको पाठेघरभित्र […]
काठमाडौँ, २८ असोज । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक केसी र अस्पतालका निर्देशक प्रा डा दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान […]
मणिपाल शिक्षण अस्पताल, पोखराले पछिल्ला दिनमा नर्सिङ कर्मचारीहरूले सुरु गरेको आन्दोलनका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा सेवा प्रवाहमा असर पर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ‘संवाद र सहकार्यकै माध्यमबाट समाधान खोज्न’ आग्रह गरिएको छ। विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल […]
बागलुङमा पछिल्लो समय डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ। प्रदेश जनस्वास्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा दुई सय ५७ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । साउन यताको तथ्याङ्क अनुसार जिल्लामा सवैभन्दा बढी असोज महिनामा मात्र एक सय ८७ जनामा संक्रमण भएको पाइएको छ। जिल्लाका दश पालिका मध्ये सवै भन्दा बढि डेङ्गु सङ्क्रमितको संख्या बागलुङ नगरपालिकामा […]