१३ कात्तिक, चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त संकलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या […]
कात्तिक १३ गते । नेपाल नर्सिङ सङ्घको आह्वानमा भइरहेको आन्दोलनमा सिन्धुली जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहिबार दुई घण्टा काम रोकेर प्रदर्शन गरी ऐक्यबद्धता जनाएका छन् । जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’मा कार्यरत नर्सले बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका काम रोकेर विभिन्न मागका हातमा प्लेकार्ड बोकी प्रदर्शन गरी ऐक्यबद्धता जनाएका हुन् । […]
१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ । सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव ग्रस्त भएको थियो । आक्रोशित भीडले अस्पताल तोडफोड समेत गरेका थिए । भीडलाई […]
१३ कार्तिक, बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित […]
चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे नियुक्त भएका छ्न। बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले घिमिरेलाई जनस्वास्थ्य कार्यालयको प्रमुखमा सरुवा गरेको हो। घिमिरे यस अघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य प्रशासकको रुपमा कार्यरत थिए। यसअघि चितवनमा दिनेश रुपाखेती प्रमुख हुनुहुन्थ्यो । रुपाखेतीलाई सरुवा गरेर स्वास्थ्य निर्देशनालयमा ल्याइएको छ। यस्तै बागमति प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिल्ला जनस्वास्थ्य […]
ग्राण्डी इन्टरनेशनल अस्पतालका नर्सहरुले गरेको आन्दोलन फिर्ता गरेर काममा फर्किएका छ्न। सरकारी नर्स सरह पारिश्रमिक पाउनुपर्ने, ओटी, रात्रिकालिन ड्युटीको समयमा अतिरिक्त भत्ता लगायतका माग राखेर ग्राण्डी अस्पतालमा कार्यरत नर्सहरु गत सातादेखि आन्दोलनरत थिए । अस्पतालले दिएको जानकारी अनुसार नर्सहरुले उठाएका सम्पुर्ण माग पुरा भएको छ । उहाँहरुको सबै माग पुरा भएका छन्, उहाँले भन्नुभयो,“अस्पतालले अबदेखि नर्सलाई सरकारी […]
कालीकोट जिल्लाका प्राय सबै स्थानीय तहले बिरामीका लागि भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएपनि मर्मत सम्भारको अभावले प्रयोगविहीन हुँदै गएको छ । सुरुमा एक पछि अर्को स्थानीय तहले खरिद गरेर सञ्चालनमा ल्याएका एम्बुलेन्स पछिल्लो समय मर्मत सम्भारको अभावले प्रयोगविहीन भएका हुन् । जिल्लाका रास्कोट नगरपालिकाले सुरुमा सञ्चालनमा ल्यायो एम्बुलेन्स करिब ६ वर्षसम्म सञ्चालनमा आयो । त्यसपछि कता […]
आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् । माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले गोरखापत्रसँगको कुराकानीमा नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा […]
गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । हालसम्म स्वास्थ्य बिमामा यहाँका एक लाख २७ हजार ३५५ नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान […]