14.4c Kathmandu, Nepal

Tuesday, April 28, 2026

बाजुराकी सिर्जनाले बाटोमै जन्माइन् बच्चा

बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् । सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो । अनमी विष्टका अनुसार, […]

Read More

नर्सका माग के हुन् ? सम्बोधनका लागि के गर्दैछ सरकार ?

कात्तिक १४ गते। आन्दोलनरत नर्सले अघि सारेका माग निजी संस्थासँग नभई सरकारसँग भएको स्पष्ट पारेका छन्। नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले आन्दोलनरत नर्सले अघि सारेका माग कुनै मेडिकल व्यवसायी, अस्पताल सञ्चालक र चिकित्सकसँग नभएर सरकारसँग भएको स्पष्ट पार्नुभयो।  उहाँ भन्नुहुन्छ,“हाम्रा माग नेपाल सरकारले तोके बराबरको तलब र अन्य सेवा सुविधा दिनुपर्छ भन्ने हुन्। हाम्रो […]

Read More

सरकारी अस्पतालका नर्स पनि आन्दोलनमा 

काठमाडौ, १४ कात्तिक । आज पनि देशका विभिन्न अस्पतालमा नर्सको आन्दोलन जारी छ । निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सहित नर्सहरु तेस्रो दिन पनि आकस्मिक बाहेकका सम्र्पूण सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।  नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका […]

Read More

आर्थिक सङ्कटमा अस्पतालः ल्याब र एक्सरे सेवा जोखिममा

कात्तिक १४ गते । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं अस्पताल गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामार्फत सेवा दिए बापतको रकम भुक्तानी नगर्दा अस्पताल आर्थिक सङ्कटमा परेको हो। आर्थिक सङ्कटका कारण नियमित सेवा बन्द हुने जोखिममा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल सञ्चालन समितिका अध्यक्ष सुबास रिमालले अस्पतालले बिमा सेवा प्रदान गरेर […]

Read More

क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

कात्तिक १४ गते । बाँकेको खजुरा गाउँपालिका-७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ ।  दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई […]

Read More

प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कातिक १४ गते । लहान नगरपालिका ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा सेवा सुविधा र निरन्तर निगरानी हुनथालेपछि बिरामीको सङ्ख्या बढेको हो । विराटनगर र धरान जाने बिरामीहरुको उपचार यहीँ हुन थालेपछि बिरामीहरुमा भरोसा जागेकाे छ । प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि आधुनिक ल्याब, डाइलोसिस सेवा र विभिन्न […]

Read More

शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर : ७४ जनाले पाए सेवा

कात्तिक १४गते । सल्यान शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमार्फत ७४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र सहयोग सामग्री प्राप्त गरेका छन् । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा, शारदा नगरपालिकाको समन्वयमा आयोजना गरिएको उक्त शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, उपचार तथा सहायक सामग्री […]

Read More

जेनजी आन्दोलनपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज प्रभावित

भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालय भवन जलेर ध्वस्त भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित भएको छ । शिक्षा, सेवा र अनुसन्धानको पाटोलाई एकमुष्ट अघि बढाउने प्रयत्न गर्दै आएको प्रतिष्ठानको कार्यालय भवन आन्दोलनका क्रममा जल्दा स्वास्थ्य सेवा प्रवाहको काम प्रभावित भएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ […]

Read More

प्रदेश अस्पताल गोरखामा नर्सहरुको धर्ना

कात्तिक १४ गते । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् ।  नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र […]

Read More