काठमाडौँ, देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ ।सोही समयमा छ डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण […]
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिर्वाचन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो। ऐन अनुसार निर्वाचनबाट चुनिएर आउने उपाध्यक्ष र सदस्यको निर्वाचनका लागि काउन्सिलले निर्वाचन समिति गठन गरेको छ। नेपाल मेडिकल काउन्सिल ऐन अनुसार काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सही अनुसार काउन्सिलले […]
चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्।तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग […]
तान्जानियामा आम निर्वाचनलगत्तै शुरु भएको प्रदर्शनमा सयौँ मानिस मारिएका छन्। मृतकको संख्याबारे फरकफरक दाबी आएका छन् । देशभर इन्टरनेट बन्द हुँदा स्पष्ट तथ्यांक सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपक्षी पार्टी चडेमाका एक प्रवक्ताले सुरक्षा बलसँगको झडपमा करिब ७०० मानिस मारिएको समाचार एजेन्सी एएफपीलाई बताएका छन्। यस्तै शक्तिशाली नेताहरुलाई निर्वाचनबाट वञ्चित गरेर राष्ट्रपति सामिया सुलुहू […]
काठमाडौँ : मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। शनिबार बिहानै उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएकामध्ये एक महिला बिरामी छिन्एक पुरुषको गोडामा चोट लागेको छ। सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको थापाले बताए। पर्वतीय उद्धार तालिम शिक्षालय […]
काठमाडौँ : करुणा फाउण्डेसन नेपाल र जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिएको छ । करुणा फाउण्डेसन नेपालबाट कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित भएपछि देशभरका जम्मा ४२८ व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीवद्ध गरिएको छ। हात मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो, जसले लेख्ने, पकाउने, सरसफाइ गर्ने, व्यवसायिक काम गर्ने, […]
कात्तिक १४ गते । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबले आधुनिक उपकरण उपलब्ध गराएपछि नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई आँखाको उपचारमा राहत मिलेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले आँखा अस्पताललाई ८० लाख ९० हजारका उपकरणहरु उपलब्ध गराएपछि आँखाको उपचारमा बिरामीलाई राहत भएको हो । लायन्सले एन्टेरियर […]
सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब […]
काठमाडौँ। म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली […]