काठमाडौँ, २७ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले १५ जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्ति गर्ने भन्दै सेन्टरले आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक स्टाफ नर्सहरुले आज देखि आगामी १० कात्तिकसम्म आवेदन बुझाउन सक्ने भनेको छ । […]
कञ्चनपुर, २७ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ। सुरक्षित रूपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ। […]
काठमाडौँ, २७ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि हैजाविरुद्धको खोप अभियान सुरु भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय पर्सा भएको एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई […]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रु. १,२०,८५० (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ) घुससहित नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका […]
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी पाँच बुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार मिति २०८१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन […]
सम्मानजनक तलब र सुविधाको माग पूरा गर्न शुक्रबारसम्म चेतावनी दिएका नर्सहरू प्रशासनले उल्टो अपमान र सशंकित गराउन थालेपछि फेरि सेवा छाडेर आन्दोलनमा उत्रिएका छन् । २६ असोज, पोखरा । अस्पतालभित्र बिरामीको चित्कार र आफन्तको दौडधुप छ । मूल भवनबाहिर अस्पतालका नर्सहरूको पीडा र शोषणविरुद्धको आवाज गुञ्जिरहेको छ । दिनरात बिरामीको सेवामा खटिइरहेका नर्सहरू अस्पताल प्रशासनबाट […]
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।
पर्सामा आजबाट हैजाविरुद्धको खोप दिइँदैछ । हैजा प्रभावित क्षेत्रमा सरकारले खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । पर्सामा आज (असोज २६)बाट सुरु हुनेछ भने बाराका ६ स्थानीय तहमा असोज २९ गतेदेखि सुरु खोप दिइनेछ । […]
असोज २५ गते । नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ । प्रहरी कर्मचारीहरूको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजित यस शिविरबाट प्रहरीहरू लाभान्वित भएका छन् । अस्पतालको प्राविधिक तथा विशेषज्ञ टोलीले शिविरमा प्रहरी उपरीक्षक अनुपम श्रेष्ठसहित कुल ११८ […]