ताप्लेजुङ। पाथीभरा देवी मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गरी सशस्त्र प्रहरीले पाथीभराको बल्लुडाँडामा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको छ। सशस्त्र प्रहरी बल १ नम्बर गुल्म हे.क्वा. कञ्चनजंघा, ताप्लेजुङले पाथीभरा क्षेत्रमा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको हो। ‘दर्शनार्थी स्वास्थ्य सहायक कक्ष’ स्थापना गरेकै दिन ३९ जना दर्शनार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गुल्मपति सशस्त्र प्रहरी […]
काठमाडौँ, ९ कात्तिक । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् । आन्दोलन सकिएको डेढ महिना बितिसक्दा समेत अझै पाँचवटा अस्पतालमा ती घाइतेहरुको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)को शनिबार बेलुका ७ बजे […]
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको बन्ने सम्भावना बढेको छ। बालुवाटार स्रोतका अनुसार पहिलो महिला स्वास्थ्य सचिव उनका नाममा सकारात्मक छलफल भएको छ। केही समयमा टुंगो लाग्ने बताइएको छ। प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेकी छिन्। डा शर्मा लगायत अन्य विभिन्न मन्त्रालयका लागि छलफल भइरहेको छ। गणपति लाल […]
प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ। काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको […]
काठमाडौँ, ८ कात्तिक । विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिइन् ।दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधी फार्मेसीबाट ल्याएर खुवाइन्, तर पनि असर गरेन । ज्वरो नघटेपछि बल्ल कोशी अस्पतालको बालरोग विभागमा जचाउन लाइन्, […]
स्तन क्यान्सरको खोपसम्बन्धी आफ्नो ३० वर्षे करिअरको सबैभन्दा ठूलो सफलताको नजिक पुगेकी अन्कोलोजिस्ट डा. नोरा डिसिस भन्छिन्, ‘हामी टिपिङ पोइन्ट अर्थात् सङ्घारमा पुगेका छौँ।’ युनिभर्सिटी अफ वाशिङ्टनको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटको नेतृत्व गर्ने डा. डिसिसलाई आउँदो दशकभित्रै खोप क्यान्सर उपचारको मानक हुने विश्वास छ। धेरै देशहरूमा क्यान्सरबाट महिलाको मृत्यु हुने मुख्य कारण स्तन क्यान्सर बनेको […]
काठमाडौं- अप्टोमेट्रिक (दृष्टि विशेषज्ञ)को लाइसेन्स परीक्षामा प्रश्नपत्रमा त्रुटि हुँदा शतप्रतिशत अनुत्तीर्ण भएको आरोप विद्यार्थीहरुले लगाएका छन्। लाइसेन्स परीक्षा लिने नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएचपीसी)को परीक्षा प्रणालीमाथि समेत उनीहरुले प्रश्न उठाएका छन्। एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार […]
काठमाडौं – नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग गम्भीर असन्तोष व्यक्त गर्दै विरोधका कार्यक्रमका लागि चेतावनी दिएको छ। संगठनले सरकारको स्वास्थ्य सेवा क्षेत्रमा पारिश्रमिक र सेवा सुविधासम्बन्धी भएका सम्झौतासम्बन्धी असफल कार्यान्वयनका कारण आन्दोलनको रास्ट्रव्यापी योजना अघि बढाउने चेतावनी दिएको हो। एसोसिएसनका अनुसार, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७७ सालमा स्वास्थ्यका क्षेत्रमा क्रियाशील ट्रेड युनियन र […]
काठमाडौं– नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले नयाँ कार्यसमिति चयन गरेको छ। सन् २०२१ देखि नेपालमा सक्रिय यो गैर–नाफामुखी संस्थाको २०२५ अक्टोबर १२ मा सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। उक्त सभा अमेरिका, युरोप, अष्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको थियो। साधारण सभाले डा. सञ्जय यादवको अध्यक्षतामा […]