14.4c Kathmandu, Nepal

Sunday, April 26, 2026

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थान हासिल गर्दै तेस्रोपटक उत्कृष्ट स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा बर्दिया अस्पतालले यसवर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई पछाडि पारेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री […]

Read More

भक्तपुर क्यान्सर हस्पिटलमा फ्रोजन सेक्सन

३८ वर्षीया सविता (नाम परिवर्तन) लाई स्तनमा गाँठो देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा फ्रोजन सेक्सन गरियो । रिपोर्ट आयो—‘गाँठो क्यान्सर हो तर मार्जिन क्लिन छ ।’ यसकै आधारमा ठूलो स्तरको मस्टेक्टोमी नगरी आवश्यक परिमाणमा मात्रै गाँठो हटाइयो । सविता भन्छिन्—‘मलाई दोस्रो पटक सर्जरी गर्नुपर्दैन भन्ने सुन्दा ठूलो राहत मिल्यो । […]

Read More

गुल्मीको रुरु गाउँपालिकामा सबैभन्दा बढिले गरे स्वास्थ्य बिमा

कात्तिक २२ गते । गुल्मीका दुई नगरपालिका र दस गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरैले स्वास्थ्य बिमा गरेका छन् । दुई हजार ७३३ परिवारका सात हजार २९९ महिला र छ हजार ८६८ पुरुष गरेर १४ हजार १६७ जना बिमित रहेका छन् । स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय तम्घासका अनुसार पूरा शुल्क लाग्ने साधरण दुई हजार ५१४ परिवारका […]

Read More

एक जना कर्मचारीको भरमा स्वास्थ्य संस्था

कात्तिक २२ गते । बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन् । पहिला यहाँका दस वटै वडामा रहेका दस स्वास्थ्य संस्थामा एक जना अहेव र दुई जना अनमी र एक कार्यलय सहयोगीले गरी चार जना कर्मचारी थिए । असोज ३० गते बसेको कार्यपालिकाको ४९ औँ बैठकले यहाँका ४६ जना […]

Read More

वर्षेनि १ लाख ९३ हजार नेपालीको जीवन नसर्ने रोगबाटै सकिन्छ

काठमाडौँ : नेपालमा सबैभन्दा धेरै मृत्युको मुख्य कारण नसर्ने रोग हुने गरेको पाइएको छ। नेपाल ‘बर्डेन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार वार्षिक १ लाख ९३ हजार ३३१ जना नेपालीको मृत्यु हुन्छ। तीमध्ये सबैभन्दा धेरै मृत्यु वार्षिक एक लाख ३७ हजार ५५३ ( कुल ७१ प्रतिशत) जनाको मृत्यु मुटु मिर्गौला क्यान्सर दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या सीओपीडी, दम जस्ता […]

Read More

डाक्टरहरूलाई लायो चुनाव : मेडिकल काउन्सिल र चिकित्सक संघ दुवैले कार्यसमिति छनोट गर्दै

काठमाडौँ : चिकित्सकहरू हकहित गर्ने साझा संगठन ‘चिकित्सक संघ’ र नियमन गर्ने ‘नेपाल मेडिकल काउन्सिललाई एकै पटक निर्वाचन लागेको छ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। चिकित्सकहरूको हक हित संरक्षण पैरवी गर्ने संघले विगतदेखि नै दुई चरणमा निर्वाचन गर्दै आएको छ। नयाँ कार्यसमिति छनौटका लागि गठित केन्द्रीय […]

Read More

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ । कामपा स्वास्थ्य विभागका […]

Read More

थानकोटमा करिब एक अर्ब लागतमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम  गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबिच शुक्रबार भेटवार्ता भएको छ ।  सो अवसरमा उनीहरुकाबिचमा जर्मन विकास बैँक (केएफडब्लू)को  करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो । सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति […]

Read More

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस  मनाउन […]

Read More