आफ्नो ड्युटी पूरा गरेर तिहार मनाउने तयारी गर्नुपर्ने बेला रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरू भने आन्दोलनमा उत्रिएका छन्। मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले आफ्नो काम जारी राख्दै मेडिकल कलेज परिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गर्दै प्रदर्शन गर्दै आएका छन्। नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, […]
काठमाडौँ । सुत्नुअघि तिल वा तोरीको तेलले खुट्टा मालिस गर्नु पादभ्यंग भनिने प्राचीन आयुर्वेदिक परम्परा हो । हिजो आजको भागदौडले भरिएको जीवनमा तनाव, थकान र निद्राको कमी सामान्य भइसकेको छ । तर यो सरल अभ्यास तपाईंको मन र शरीर दुवैलाई आराम दिने सजिलो उपाय हुनसक्छ । पादभ्यंगले वात दोषलाई सन्तुलित गर्छ, शरीरको स्नायुहरूलाई शान्त पार्छ […]
विराटनगर । विराटनगरका धीरज ठाकुरले हेल्थ असिन्टेन्ट बनेर बिरामीको सेवा गर्ने सपना पूरा गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्चेर पढे । तर विराटनगरको एक प्रतिष्ठित अस्पतालमा उनको मासिक आधारभूत तलब १२ हजार १७० रुपैयाँ मात्रै छ । धीरजजस्ता धेरै स्वास्थ्यकर्मीको यो साझा पीडा हो । पढ्न लाखौं खर्च, तर तलब केही हजारमा सीमित गरिने […]
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको छ । यो तथ्यले के […]
नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोदकुमार थापालाई अग्रज चिकित्सक सम्मानबाट सम्मानित गरिएको छ । दीर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमको छैठौं वार्षिकोत्सवमा डा. थापालाई अग्रज चिकित्सक सम्मान प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले डा. थापालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले पश्चिम नेपालका सयौं […]
गुल्मी, कात्तिक ५ गते । उपचार खर्च नहुँदा गुल्मीमा एक सुत्केरीको बिचल्ली भएको छ । यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु अमराईकी २९ वर्षीय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा पर्नुभएको हो । उहाँलाई सुत्केरीको बेथा लागेपछि गत असोज २६ गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । धुर्कोटमा प्रसुती हुन नसकेपछि आइतबार नै उहाँलाई […]
काठमाडौं- देशभरका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न थालेको आन्दोलनका बीच सरकारले ७ वटै प्रदेशमा अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको पहिलो बैठकले प्रदेशगत अनुगमन टोली गठन गर्ने सहमति गरेको हो। अनुगमन टोलीले सम्बन्धित प्रदेशका स्वास्थ्य संस्था र अस्पतालहरूमा स्थलगत अनुगमन गरी आन्दोलनरत नर्स […]
५ कात्तिक, चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२/२३ वर्ष […]
५ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी […]