काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आन्दोलनरत नर्सिङ सेवाका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई लिएर विभिन्न चरणमा आन्दोलन भइरहेको […]
काठमाडौं– सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ। हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत आन्दोलन फैलिएको छ। काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, किस्ट मेडिकल कलेज लगायतमा पनि चाँडै आन्दोलनका कार्यक्रम […]
काठमाडौं- निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत संघसंस्थाहरूको संयुक्त सञ्जालले ऐक्यवद्धता जनाएको छ। संयुक्त सञ्जालले मंगलबार नेपाल चिकित्सक संघमा बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरुको मागका विषयमा ऐक्यवद्धता जनाएका हुन्। नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीका अनुसार स्वास्थ्यकर्मीहरुको सेवा सुविधा, तलब भत्ता , सुरक्षा […]
नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । १२ कात्तिक, काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक […]
कात्तिक ११ गते । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकार, स्थानीय पालिकाहरुलगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआई थन्किएको हो । सुरुमा २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । […]
कात्तिक ११ गते । बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ । डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा […]
बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेकी छिन् । यसअघि […]
बुटवल। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन मंगललबार पनि जारी राखेका छन्। मेडिकल कलेज परिसरमा नर्सिङ कर्मचारीहरूले प्लेकार्डसहित दैनिक धर्ना र नाराबाजी गरिरहेका छन्। उनीहरूको समस्या समाधानका लागि सोमबार अस्पताल प्रशासन र आन्दोलनरत पक्षबिच वार्ता भए पनि सफल भएन। नर्सहरूका मुख्य […]
बागलुङ । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रूपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ । तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै […]