भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालय भवन जलेर ध्वस्त भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित भएको छ । शिक्षा, सेवा र अनुसन्धानको पाटोलाई एकमुष्ट अघि बढाउने प्रयत्न गर्दै आएको प्रतिष्ठानको कार्यालय भवन आन्दोलनका क्रममा जल्दा स्वास्थ्य सेवा प्रवाहको काम प्रभावित भएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ […]
कात्तिक १४ गते । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् । नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र […]
काठमाडौँ, कात्तिक १४ गते । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो । प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, […]
कात्तिक १४ गते । पश्चिम बागलुङमा पर्ने गलकोट नगर अस्पताललाई स्थानीयवासीले सहयोग गरेका छन् । गलकोट नगरापलिका वडा नं. ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवश्यक पर्ने सामग्री र उपकरण सहयोग गरेका हुन् । रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा एक लाख १० हजार रुपियाँ बराबरको सामान र २५ हजार नगद सहयोग गर्नुभएको हो […]
कात्तिक १४ गते । रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् । रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण […]
काठमाडौँ, कात्तिक १४ गते । अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यससम्बन्धी जानकारी दिएको हो । […]
‘एकबारको जुनी हो, कहिले क्यान्सर हुनी हो… मेरो अरु को नै छर डक्टर…’ विज्ञानका बोझिला लेक्चर सुनिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा बुधबार गीत गुन्जियो। माहोल शान्त बन्यो । गायक हेमन्त शर्माले आफ्नो सर्वप्रिय गीत ‘मूल हौं भने रसाइदेऊ’लाई क्यान्सर सचेतनासँग जोड्दै गए: यो ज्यान पर्यो तिम्रै भरमेरो अरु को नै छर डक्टर रुवाए नै […]
कात्तिक १३ गते । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा वृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार […]
१३ कात्तिक, चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त संकलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या […]