तीन बुँदे सहमतिसँगै नर्सहरूले आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार सेवासुविधा सम्बन्धी माग राख्दै आन्दोलनमा रहेका नर्सहरूले सहमतिसँगै विरोधका कार्यक्रम हालका लागि फिर्ता लिएका हुन् । शुक्रबार मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई यसअघि गठन भएको प्रा।डा। श्रीकृष्ठ श्रेष्ठ नेतृत्वको कार्यदलमा सदस्यका रूपमा समावेश गर्ने सहमति गरिएको […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत विभिन्न *संघसंस्थाका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्। कार्यदललाई नर्सहरुको सेवासुविधाका विषयमा यथार्थ प्रतिवेदनसहित सुझाव दिने कार्यभार दिइएको छ। अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा नर्सिङको समस्या समाधानका लागि समिति बनेको छ। उक्त सहमति पछि […]
उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.शंकरमान राई बताउनुहुन्छ । दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको बताउनुभएको हो । सरकारले सातै प्रदेशमा जलन पीडितको निःशुल्क उपचार गर्ने […]
सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर सुरु भएको छ । कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने शिविर नगरका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । कार्यक्रमअनुसार पहिलो शिविर कार्तिक १६ गते भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सञ्चालन हुनेछ भने अन्तिम शिविर […]
बाँकेका पत्रकारहरुका लागि आज विहान निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियनका संस्थापनक अध्यक्ष स्वः पन्नालाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसरमा विहान साढे ७ बजे भेरी अस्पतालमा निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना, […]
कात्तिक २० गते । स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढिरहेका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा बिमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको […]
कात्तिक २१ गते । भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् । तर ‘सीटी स्क्यान’सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरै जसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् । मेसिन सञ्चालनका लागि प्रयास […]
चिकित्सकले निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र […]
लुम्बिनी प्रदेश सरकारको आव २०८१ /८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो । यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य […]