14.4c Kathmandu, Nepal

Wednesday, September 23, 2026
१ वर्ष अगाडि

देशभर वर्षा, केही नदीमा आकस्मिक बाढीको जोखिम

१ आश्विन २०८२, बुधबार काठमाडौँ

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्य बदलीसँगै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।

तर दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी, डोटी, कैलाली लगायतका जिल्लामा साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ।

त्यस्तै इलाम, झापा, काठमाडौँ उपत्यका, चितवन, कास्की, दाङ, सुर्खेत, कञ्चनपुर, दार्चुला लगायतका जिल्लामा पनि मध्यम स्तरको बाढी जोखिम रहने पूर्वानुमान गरिएको छ।