14.4c Kathmandu, Nepal

Monday, July 27, 2026
१० महिना अगाडि

शनिबार र आइतबार मिनी पीसीएनएल सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

नेपालमा पहिलोपटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनी पीसीएनएल) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 

शनिबारबाट सुरु हुने दुईदिने अन्र्तराष्ट्रियस म्मेलनमा विभिन्न ४० देशका चिकित्सकहरु आउनेछन् । सम्मेलनमा विभिन्न देशका वरिष्ठ युरोलोजिष्टहरुले आफ्नो देशमा भएको मिनी पीसीएनएल सम्बन्धि जानकारी गराउनेछन् । 


खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी र आरुस लाइफस्टाइल अस्पतालको आयोजनामा काठमाडौंमा हुन लागेको सम्मेलनमा भाग लिन अमेरिका, यूके, कुवेत, कतार, जर्मनी, थाइल्याड, बंगलादेश, भारत, श्रीलंका, यमन, दुबई लगायतका ४० देशका २५०  विज्ञहरुको सहभागिता रहनेछ । 


खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा संजय खड्गीले मिर्गौला पत्थरी, प्रविधि लगायतका विविध २० वटा विषयमा प्रस्तुतीकरण रहने जानकारी दिदै मिनी पीसीएनएल प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको जानकारी दिनुभयो ।

उहाँले सम्मेलनले नेपालमा पनि मिनी पीसीएनएल प्रविधिमा विश्वमै उत्कृट स्थानमा छ भन्ने जानकारी दिने बताउनुभयो । उहाँले यही प्रविधिबाट उपचार गर्दा विकसित देशमा १० लाख भन्दा बढी खर्च लाग्ने जानकारी दिदै नेपालमा उही गुणस्तर र प्रविधिमा जम्मा ७० देखि ८० हजारमा सर्जरी हुने गरेको बताउनुभयो ।

उहाँले सम्मेलनमा १४ वटा मिर्गौला पत्थरीको अस्पतालको ओटी कक्षबाट लाइभ सर्जरी हुने र सो कुरा सम्मेलनमा सहभागी सबैले प्रत्यक्ष रुपमा हेर्न र अवलोकन गर्न सकिने बताउनुभयो ।