14.4c Kathmandu, Nepal

Tuesday, May 26, 2026
७ महिना अगाडि

मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी

काठमाडौं- मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासकलाई नै प्रमुख बनाउने तयारी भएको छ। जनस्वास्थ्य प्रशासकको दरबन्दी भएपनि  कतिपय कार्यालयको प्रमुख तथ्यांक अधिकृत तथा अहेब रहेका छन्। 

मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने,  ‘केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा हामीले पठाइरहेका छौं र केही जिल्लाका लागि मुख्यमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।’