14.4c Kathmandu, Nepal

Friday, August 21, 2026
१० महिना अगाडि

बाहिरका निजी चिकित्सकको सिफारिसमा राप्ती प्रतिष्ठानमा सिधै एमआरआई र सिटि–स्क्यान सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब बाहिरका निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको सिफारिसमा पनि सिधै बिलिङ गरेर एमआरआई र सिटि–स्क्यान सेवा उपलब्ध गराउने भएको छ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले बाहिर क्लिनिक वा निजि अस्पतालबाट बिरामी पर्चासहित एमआरआई, सिटि स्क्यानसहित अन्य सेवा लिन आएमा सिधै लाईन नलागेर बिरामीले सेवा लिने ब्यबस्था मिलाइएको जानकारी दिए 

यो व्यवस्था लागू भएपछि प्रतिष्ठानमा सेवा लिन आउने बिरामीको पहुँच बढ्ने, परीक्षण प्रक्रिया सहज र छरितो हुने तथा सेवा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।

उनले बाहिरबाट चिकित्सकको सिफारिस भए सुगर, प्रेसर जाच पनि सिधै बिलिङ गरेर सेवा लिने गरि ब्यबस्थापन भएको बताए ।

यो ब्यबस्था भएसंगै बाहिरबाट चिकित्सकको सिफारिस भएपछि फेरि प्रतिष्ठानमा आएर ओपिडि सेवाका लागि छुट्टै पर्चा काट्नु पर्ने बाध्यता हटेको छ । यसअघि प्रतिष्ठानमा यस्ता सेवा लिनका लागि संस्थाभित्रका चिकित्सकबाट रेफर आवश्यक पर्ने व्यवस्था थियो।