14.4c Kathmandu, Nepal

Monday, August 24, 2026
१० महिना अगाडि

नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत *संघ/संगठनका तर्फबाट सदस्य थप्ने सहमति

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत विभिन्न *संघसंस्थाका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्। 

कार्यदललाई नर्सहरुको सेवासुविधाका विषयमा यथार्थ प्रतिवेदनसहित सुझाव दिने कार्यभार दिइएको छ।  अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा नर्सिङको समस्या समाधानका लागि समिति बनेको छ। 

उक्त सहमति पछि जारी आन्दोलनलाई निरन्तरता दिने तर थप आन्दोलनका कार्यक्रम घोषणा नगर्ने  नर्सिङ संघर्ष समितिकी संयोजक रानाभाटले बताइन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यसअघि नर्सहरु र निजी स्वास्थ्य संस्थाका प्रतिनिधिसहितको छलफल भइसकेको छ।

WhatsApp-Image-2025-11-07-at-16.53.36_21cf8f96-1762513945.jpg