काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको उनले बताइन् […]
देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा पाँच डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु […]
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले जेनजी आन्दोलनबाट घाइतेभएका सबै संघीय अस्पताल, पदेश अस्पताल र स्वास्थ्य विज्ञान पतिष्ठानमा मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्ने क्रममा मन्त्री डा. शर्माले जेनजी युवाहरुको अगुवाईमा भएको आन्दोलनको दौरानमा हुन सक्ने मानसिक समस्यालाई मध्यनजर गरी मृतकका परिवार, घाइते र घाइतेका परिवार […]
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले नर्सका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज स्वास्थ्य मन्त्रीको सपथपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नर्सको आन्दोलन आफूले नजिकबाट नियालिरहेको भन्दै उनीहरुको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निजी मेडिकल कलेज सञ्चालक तथा निजी अस्पताल सञ्चालकहरुसंग छलफल गरेर नर्सका समस्या समाधान गर्ने बताउनुभयो […]
जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार तेस्रो पटक विस्तार हुने क्रममा रहेको छ । प्रधानमन्त्री कार्कीले त्यसका लागि चार जनाको नाम मन्त्री पदका लागि सिफारिस गरेकी छन् । त्यसमध्येकी एक डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भएको बताइएको छ । पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्मा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप […]
काठमाडौं – नेपाल सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाल चिकित्सक संघकी पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई नियुक्त गरिएकोमा नेकपा एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडान) ले शुभकामना व्यक्त गर्दै केही आलोचनात्मक टिप्पणीसमेत गरेको छ। संघले विज्ञप्तिमार्फत् डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनको नेतृत्वबाट सकारात्मक […]
भारतीय एकदिवसीय टोलीका उपकप्तान श्रेयस अय्यर हाल अष्ट्रेलियाको सिड्नीस्थित एक अस्पतालको आईसीयूमा उपचाररत छन्। तेस्रो एकदिवसीय खेलका क्रममा उनी पसलिमा लागेको चोटका कारण आन्तरिक रक्तस्राव भएको पाइएको छ। शनिबार (२५ अक्टोबर) अष्ट्रेलियाविरुद्धको तेस्रो खेलमा अय्यरले एलेक्स केरीको शानदार क्याच लिँदै गर्दा पछाडि दौड्ने क्रममा बायाँ ढाडमा चोट पुगेको थियो। त्यसपछि उनलाई तुरुन्तै ड्रेसिङ रूममा लगेर अस्पताल […]
काठमाडौं – समयअनुकूल सेवा सुविधा बढाउनुपर्ने माग राख्दै नेपालभरका विभिन्न मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।उनीहरू सरकारी पाँचौं तहसरहको पारिश्रमिक, कार्यभारअनुसारको अतिरिक्त भुक्तानी, […]
काठमाडौं- डा. सुधा शर्मा गौतमले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहण गरेकी छिन्। तीन दशकभन्दा लामो समय सरकारी स्वास्थ्य सेवामा सक्रिय डा सुधा मन्त्रालयको प्रशासनिक नेतृत्व तहमा पुगेर बिदा भएकी थिइन्। अब सोही मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। प्रशासनिक नेतृत्वमा रहँदा ‘शक्ति र राजनीतिक दबाब’ महशुस गरेकी उनले मन्त्रीका रुपमा निष्फिक्री स्वास्थ्य […]