११ कात्तिक, बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको […]
हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ ११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको […]
काठमाडौँ, कात्तिक १० गते । क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालिएटिभ […]
कात्तिक १० गते । रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । क्लबले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधिमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो । यस्तै, २५ हजारभन्दा बढिले निःशुल्क रुपमा आँखा परीक्षण गरेको उहाँले बताउनुभयो […]
काठमाडौँ, कात्तिक १० गते । नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले […]
राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको यस अस्पतालको वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस नागरिक […]
निजी अस्पतालको छाता संगठन अफिन (Association of Private Health Institutions of Nepal – APHIN ) बाँकेको अध्यक्षमा चन्द्र बहादुर महत्तो चयन भएका छन् । महत्तो कोहलपुर नगरपालिका वडा नं.९ स्थित कौशिल्या मेमोरियल अस्पतालका संचालक हुन् । उनी तीन वर्षीय कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । ९ सदस्यीय समितिमा उपाध्यक्ष डा.सुरेश कुमार नाग, कोषाध्यक्षमा डा. प्रचण्ड […]
ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रका रूपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ । ग्रान्डी अस्पतालमा स्थापना गरिएको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रलाई विश्व स्ट्रोक सङ्गठनले अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कन गरेर अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा उक्त मान्यता प्रदान गरेको हो ।
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी ६५ वर्षीया बसन्ती शाही हड्डीसम्बन्धी उपचारका लागि बयालपाटा अस्पताल पुगिन्। तर, अस्पतालले कात्तिक १ गतेदेखि शुल्क लिएर सेवा सुरु गरेको र स्वास्थ्य बिमाबाट उपचार नहुने जानकारी पाएपछि उनी उपचार नगरी घर फर्किन बाध्य भइन्। “स्वास्थ्य बिमाबाट उपचार हुन्छ भनेर आएका थियौं,” बसन्तीले भनिन्, “तर अस्पतालमा पुगेपछि शुल्क तिर्नु पर्छ भनेपछि फर्कनुपर्यो।” […]