राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब बाहिरका निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको सिफारिसमा पनि सिधै बिलिङ गरेर एमआरआई र सिटि–स्क्यान सेवा उपलब्ध गराउने भएको छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले बाहिर क्लिनिक वा निजि अस्पतालबाट बिरामी पर्चासहित एमआरआई, सिटि स्क्यानसहित अन्य सेवा लिन आएमा सिधै लाईन नलागेर बिरामीले सेवा लिने ब्यबस्था मिलाइएको जानकारी दिए […]
भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि उपचार लिन आउने बिरामीलाई ठूलो सहजता मिल्ने भएको छ । अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको छ । यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । अब कुल […]
काठमाडौँ, ११ कात्तिक । श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ । आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा हुने राष्ट्रिय संयुक्त वार्षिक समीक्षा (एनजार) बैठक यस वर्ष एक दिनमै सम्पन्न हुने भएको छ। विगतमा तीन दिनसम्म सञ्चालन हुँदै आएको एनजार बैठकलाई मन्त्रालयले यसपटक छोट्याउँदै एक दिनमा सीमित गर्ने तयारी गरेको हो। मन्त्रालयका अनुसार मंसिर ८ देखि १२ गतेभित्र बैठक गर्ने योजना बनाइएको छ, यद्यपि निश्चित मिति […]
काठमाडौं । जेन्जी आन्दोलनले सुशासन र पारदर्शिताको सन्देश दिएको थियो, तर स्वास्थ्य मन्त्रालय अझै सत्ताको ढिलासुस्ती र उदासीनताबाट बाहिरिन सकेको छैन। ग्लोबल फन्डका कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएका ५४ जनाले तीन महिनादेखि नियुक्तिपत्र पाएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका निकायमा ग्लोबल फन्ड परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न ती कर्मचारीहरूको सिफारिस साउन ८ गते […]
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी महिलाका आफन्तबीच सहमति भएको छ। अस्पतालले ती महिलाका सन्तानको पालनपोषण, उपचार र शिक्षाको जिम्मा लिने सहमति भएको हो। जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफल गरिएको हो। छलफलपछि अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि […]
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ललितपुरमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाक्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो हिंसात्मक कार्यको घोर भत्सर्ना गर्दै दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। […]
प्रदेश अस्पताल गोरखामा आयुर्वेद शाखा स्थापनासँगै गोरखा जिल्लामा एकीकृत स्वास्थ्य सेवाको नयाँ अध्याय शुरु भएको छ। प्रदेश अस्पताल गोरखाका आयुर्वेद चिकित्सक र गोरखा नगरपालिका आयुर्बेद शाखाका कर्मचारीहरुद्वारा संचालन भइरहेको यस शाखाबाट बिरामीहरूलाई निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिँदै आएको छ। यस अस्पतालले प्रदेशस्तरमै पहिलो पटक एलोप्याथिक सेवासँगै आयुर्वेदिक उपचार सुरु गरेको हो, जसले जनस्वास्थ्यमा उल्लेखनीय सुधार […]
स्वास्थ्य मन्त्रालयमा मन्त्रीको हैसियतमा फर्किँदै डा. सुधा शर्मा गौतमले आफ्ना विभिन्न प्राथमिकता प्रस्तुत गरेकी छिन्। पदभार ग्रहण गरेपछि आफ्ना कुरा राख्दै उनले भनेकी छिन्, ‘जनताले सुशासनको अनुभूति गर्नुपर्छ।’ आफ्नो नेतृत्वमा मन्त्रालयले मानसिक स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताइन्। जुन यसप्रकार छन् : मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकताडा. गौतमले हालको सामाजिक–राजनीतिक […]