काठमाडौँ, असोज २८ गते । स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ । बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले बीमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन […]
२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ । हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । […]
२८ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुन: प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक […]
२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ । महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका साउन र भदौमा ४१ हजार ९७१ जना नगरवासीले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् […]
२८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी नेतृत्वको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले समितिको संयोजकत्व गर्नेछन् । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक […]
हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा विभिन्न प्रकारका क्यान्सर रोगका ४ सय २५ वटा शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकारका क्यान्सर रोगको ४ सय २५ वटा शल्यक्रिया र सोही अवधिमा ३ हजार […]
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । कुश्मीशेरा बजारमा सञ्चालित निःशुल्क शल्यक्रिया […]
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामूलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । दैनिकजसो ठुलो सङ्ख्यामा कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा पुग्दा शरीरमा अक्सिजनको कमी भएकालाई स्वास्थ्य चौकीमा उपचारपछि जटिल समस्या […]
दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् । नगरपालिकाले २०७७ सालमा बिग बी एण्ड कम्पनीसँग स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म […]