निजी अस्पतालको छाता संगठन अफिन (Association of Private Health Institutions of Nepal – APHIN ) बाँकेको अध्यक्षमा चन्द्र बहादुर महत्तो चयन भएका छन् । महत्तो कोहलपुर नगरपालिका वडा नं.९ स्थित कौशिल्या मेमोरियल अस्पतालका संचालक हुन् । उनी तीन वर्षीय कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । ९ सदस्यीय समितिमा उपाध्यक्ष डा.सुरेश कुमार नाग, कोषाध्यक्षमा डा. प्रचण्ड […]
ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रका रूपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ । ग्रान्डी अस्पतालमा स्थापना गरिएको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रलाई विश्व स्ट्रोक सङ्गठनले अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कन गरेर अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा उक्त मान्यता प्रदान गरेको हो ।
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी ६५ वर्षीया बसन्ती शाही हड्डीसम्बन्धी उपचारका लागि बयालपाटा अस्पताल पुगिन्। तर, अस्पतालले कात्तिक १ गतेदेखि शुल्क लिएर सेवा सुरु गरेको र स्वास्थ्य बिमाबाट उपचार नहुने जानकारी पाएपछि उनी उपचार नगरी घर फर्किन बाध्य भइन्। “स्वास्थ्य बिमाबाट उपचार हुन्छ भनेर आएका थियौं,” बसन्तीले भनिन्, “तर अस्पतालमा पुगेपछि शुल्क तिर्नु पर्छ भनेपछि फर्कनुपर्यो।” […]
काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको उनले बताइन् […]
देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा पाँच डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु […]
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले जेनजी आन्दोलनबाट घाइतेभएका सबै संघीय अस्पताल, पदेश अस्पताल र स्वास्थ्य विज्ञान पतिष्ठानमा मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्ने क्रममा मन्त्री डा. शर्माले जेनजी युवाहरुको अगुवाईमा भएको आन्दोलनको दौरानमा हुन सक्ने मानसिक समस्यालाई मध्यनजर गरी मृतकका परिवार, घाइते र घाइतेका परिवार […]
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले नर्सका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज स्वास्थ्य मन्त्रीको सपथपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नर्सको आन्दोलन आफूले नजिकबाट नियालिरहेको भन्दै उनीहरुको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निजी मेडिकल कलेज सञ्चालक तथा निजी अस्पताल सञ्चालकहरुसंग छलफल गरेर नर्सका समस्या समाधान गर्ने बताउनुभयो […]
जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार तेस्रो पटक विस्तार हुने क्रममा रहेको छ । प्रधानमन्त्री कार्कीले त्यसका लागि चार जनाको नाम मन्त्री पदका लागि सिफारिस गरेकी छन् । त्यसमध्येकी एक डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भएको बताइएको छ । पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्मा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप […]
काठमाडौं – नेपाल सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाल चिकित्सक संघकी पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई नियुक्त गरिएकोमा नेकपा एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडान) ले शुभकामना व्यक्त गर्दै केही आलोचनात्मक टिप्पणीसमेत गरेको छ। संघले विज्ञप्तिमार्फत् डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनको नेतृत्वबाट सकारात्मक […]