काठमाडौँ, १२ कात्तिक । मंसिर महिनादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने भएको छ । सर्वोच्च अदालत पछाडीपट्टी रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा […]
बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य […]
कोहलपुरमा भोलिदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर आयोजना गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर जीवनयोग प्रयोगशालाको सहकार्यमा शिविर आयोजना गरिएको हो । १९ गतेसम्म कोहलपुर नगरपालिका, बाँकेको सभाहलमा उक्त शिविर सञ्चालन हुने छ । शिविरमा विभिन्न गुरुदेवहरुले प्रशिक्षण दिनेछन् । उनीहरूले ध्यान, आत्म–परिष्कार र ऊर्जाको वैज्ञानिक अभ्यासका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शुद्धताको […]
पश्चिम नेपालको एकमात्र न्यूरो सेवामा समर्पित ‘नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल’ले बुधबार नेपालगञ्जमा स्ट्रोक सचेतना कार्यशालाको आयोजना गरेको छ । विश्व स्ट्रोक दिवसका अवसरमा मस्तिष्कघात बारे जानकारी दिन र सचेतना फैलाउन कार्यक्रम गरिएको हो । कार्यक्रम विशेष रूपमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई लक्षित गरी आयोजना गरिएको थियो । स्ट्रोकबारे जनचेतना फैलाउने, प्रारम्भिक लक्षणबारे जानकारी दिने र […]
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा मोहन्चन्द्र रेग्मी रहेका छन् । रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा मन्त्रालयको सनियर म्यानेजमेन्ट टिम (एसएमटी) बैठक बसेको छ। बैठकले मुख्य तीन विषयमा निर्णय गरेको छ। बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ। ती कार्ययोजनाहरूलाई तत्कालीन (३० दिनभित्र […]
बागमती प्रदेश सरकारले स्वास्थ्यमा व्यापक सरुवा गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनस्वास्थ्य कार्यालय र अस्पतालहरूका प्रमुखहरूलाई एकैपटक परिवर्तन गरेको हो। सरुवाको निर्णय तिहारअघि नै भएको हो। स्वास्थ्य मन्त्रालयका उपसचिव कुमार पोखरेलका अनुसार यो सरुवा कार्यले प्रदेशभरका स्वास्थ्य संस्थाहरूमा कार्यगत सन्तुलन र सेवा प्रवाहमा निरन्तरता कायम गर्ने उद्देश्य लिएको छ। जनस्वास्थ्य कार्यालय […]
काठमाडौं – आज विश्व मस्तिष्कघात (स्ट्रोक) दिवस। मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने लक्ष्यका साथ हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ। यस वर्षको विश्व स्ट्रोक दिवसको नारा ‘एभ्री मिनेट काउन्टु अर्थात ‘हरेक मिनेट महत्वपूर्ण छ’ भन्ने रहेको छ। विश्वमा मानिसको मृत्युको तेस्रो वा चौथो […]
‘जेन जि आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूलाई लक्षित गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ। घाइतेहरूको शारीरिक चोटको साथसाथै मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न अस्पताल प्रशासनले विशेषज्ञहरूको एक समन्वय समिति गठन गरी सेवा सञ्चालन गरेको हो। अस्पताल प्रशासनका अनुसार यो सेवा घाइते भएका व्यक्तिहरूमा आन्दोलनका कारण उत्पन्न हुनसक्ने तनाव, चिन्ता, आघात […]