14.4c Kathmandu, Nepal

Saturday, April 18, 2026
४ दिन अगाडि

ट्रकको ठक्करबाट घाइते ट्राफिक इन्स्पेक्टको मृत्यु

 २०८३ वैशाख १ गते

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

-रासस