14.4c Kathmandu, Nepal

Thursday, March 12, 2026
३ महिना अगाडि

काठमाडौँका मेयर बालेनका बुवा डा. रामनारायण शाहको निधन

काठमाडौँ, १५ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुवा डा.रामनारायण शाहको निधन भएको छ ।

उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो। उनलाई आइतबार अस्पताल लगिएको थियो।

अस्पताल स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेदिक चिकित्सक साथै सिंहदरबार वैद्यखानाको कार्यकारी प्रमुख थिए ।