14.4c Kathmandu, Nepal

Monday, January 26, 2026
४ महिना अगाडि

यी ७ कुरा कसैलाई नभन्नुहोस्

काठमाडौं – मानिस जीवनमा सफल हुन चाहन्छ । सफलता मापन गर्ने यन्त्र नबनेको भएपनि मानिस आफूले गरिरहेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नु, आफूले काम गरिरहेको कार्यालयमा बढुवा हुनु, परिवारका सदस्यलाई खुशी राख्नु, साथभाईसँग आफू अब्बल भएको देखाउनु र खर्च गर्नसक्ने आर्थिक हैसियत हुनुलाई सफता मान्न सकिन्छ ।

यही सफलता प्राप्त गर्नका लागि मानिसले केही कुराहरु गोप्य राख्नुपर्ने हुन्छ । तपाईंले के गरिरहनुभएको छ, के गर्न खोजिरहनु भएको छ, कसरी सफल हुनुभयो भन्ने कुरा अर्को व्यक्तिले थाहा पायो भने आगामी दिनमा उसले अवरोध गर्न सक्छ । त्यही भएर तपाईं यी सात कुरा कसैलाई पनि नभन्नुहोस् ।

१) बैंक व्यालेन्स : तपाईंको बैंकमा कति पैसा छ भनेर कसैलाई पनि नभन्नुहोस् । तपाईंको आर्थिक हैसियत के हो भनेर कसैले थाहा पायो भने तपाईंलाई त्यही अनुसारको व्यवहार गर्छ । धेरैले आफ्नो श्रीमतिलाई पनि आफ्नो बैंक खाता देखाउनुहुन्न भन्ने पनि गरिन्छ ।

२) अफ्नो कमजोरी : तपाईंले आफ्नो कमजारी साथीभाई आफन्तलाई कहिल्यै पनि नभन्नुहोस्, तपाईंको कमजोरी थाहा पाएपछि हेप्न थाल्नेछन् । ३) आफ्नो शक्ति : आफ्नो शक्ति कति छ भनेर पनि कसैलाई नभन्नुहोस् किन भने तपाईंको शक्ति थाहा पाएपछि सत्रुले त्यही अनुसार आफ्नो शक्तिलाई व्यवस्थित गर्न सक्छ र तपाईंमाथि प्रहार गर्नसक्छ । ४) परिवारको समस्या : आफ्नो परिवारको समस्या पनि कसैलाई नभन्नुहोस् । ५) तपाईंको दुस्मन : तपाईंले आफ्नो दुस्मन को हो भनेर पनि कसैलाई नभन्नुहोस् । दुस्मनसँग मिलेर तपाईं विरुद्ध षड्यन्त्र गर्न सक्छ ।

६) लक्ष्य : तपाईंले आफ्नो लक्ष्य पनि कसैलाई नबताउनुहोस् । किन कि तपाईंका विरोधीले तपाईंको लक्ष्य प्राप्तीमा अवरोध पुर्याउन सक्छन् । ७) अबको कदम : तपाईंले अव के गर्दै हुनुहुन्छ भनेर पनि कसैलाई जानकारी नदिनुहोस् । माथिका सात कुरा सेक्रेट राख्नुभयो भने तपाईं आम मानिसभन्दा केही फरक हुनुहुनेछ । तपाईं सफलताको शिखरमा पुग्नुहुनेछ ।