14.4c Kathmandu, Nepal

Friday, May 16, 2025
५ महिना अगाडि

एड्स महामारीको अन्त्यका लागि यसो गरौँ

एड्स महामारीको अन्त्यका लागि यसो गरौँ

नेपालमा हाल ३० हजार ३०० जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ । २४ हजार ७९३ (८७%) ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन् । जो तथ्यांक सन् २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो ।

यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा तेस्रोलिंगीहरु, वैदेशिक रोजगारीमा गएका कामदार तथा संक्रमितका पार्टरन अहिले पनि एचआईभी संक्रमणको जोखिममा छन्।

नेपालमा एचआईभी संक्रमण को मुख्य कारण असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको छ, जस्मा ६८% प्रतिशत हेटेरोसेक्सुअल माध्यम रहेको छ।

सरकारले एचआईभी संक्रमितका लागि ६३ जिल्लामा ९२ वटा एआरटी केन्द्रबाट निःशुल्क औषधि तथा अन्य उपचारको व्यवस्था गरेको छ ।

त्यसैले असुरक्षित यौन सम्बन्ध नराखौं ।

कन्डमको प्रयोग गरौं ।

संक्रमणको जोखिम हुन सक्ने अवस्थामा रहेका ब्यक्तिहरुले कन्डम, प्रेप, पेप लगाएत अन्य रोकथाम का उपायहरु को प्रयोग गरि जोखिम न्यूनीकरण गर्न सकिन्छ।

जोखिममा रहेकारपरेका व्यक्तिहरुले समयमै एचआईभी परीक्षण गराऔं । संक्रमण पहिचान भएमा उपचार गरौं ।
संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन् ।

नियमित लामो समय देखि उपचारमा रहेका संक्रमित हरुले ‘नसर्ने रोगहरुको’ रोगथाम, परीक्षण तथा उपचार गर्न जरुरी रहेको छ । यसले संक्रमितहरुलाई नसर्ने रोगका कारण हुने मृत्यु बाट बचाउनका साथै ‘स्वस्थ बुढ्यौली’ को आधार बनाउन मद्दत गर्दछ ।

‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि सबैको अधिकार सुनिश्चित’ गर्न सके २०३० सम्ममा एड्स महामारीको अन्त्य गर्न सकिन्छ ।