स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सुधा गौतम (शर्मा) नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो ।
डा. गौतम पूर्व स्वास्थ्यसचिव हुनुहुन्छ ।
जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठन भएको छ । चुनावका लागि गठन गरिएको सरकारको स्वास्थ्य मन्त्रीमा अन्य नाम पनि सिफारिस भएर अन्तिममा रोकिएका थिए । पूर्वअतिरिक्त सचिव डा. सङ्गीता मिश्राको नाम यसअघि सिफारिस भएर सपथका वेला रोकिएको थियो ।
त्यस्तै डा. रामजी रामको पनि स्वास्थ्यमन्त्रीमा नाम चलेको थियो ।