14.4c Kathmandu, Nepal

Sunday, April 12, 2026
५ महिना अगाडि

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग

काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग गरेको छ । आइतबार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति र रजिष्ट्रार छनोटका लागि आवेदन माग गरेको हो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२ अनुसार योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरिएको छ । आवेदकले १५ दिनभित्र आवेदनसँगै अवधारण र रणनीतिकपत्रसमेत पेस गर्नुपर्नेछ ।