14.4c Kathmandu, Nepal

Sunday, April 12, 2026
५ महिना अगाडि

भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव

जनकपुर–  मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन्।  

शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई धम्की आउने गरेको आरोप लगाएका हुन्। 

उनले मधेसमा राजनीतिक अस्थिरता र  बिग्रिनुको मूल कारण भारतीय दूतावासबाट आउने धम्की रहेको बताए।  उनले भने–  ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन्।’

Ncell 2

उनले यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए।

‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो। सीमित कार्यक्रमहरू राख्नुपर्‍यो। सुरक्षा चुनौती छ। संवेदनशील भइदिनुपर्‍यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?,’ उनले प्रश्न गरे।

मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर गरे।

‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन। आन्दोनलकारीबाटै हुन्छ’, यावदवले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन। म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन् ?’ नेपाल लाइभ