14.4c Kathmandu, Nepal

Wednesday, July 22, 2026
१० महिना अगाडि

बलात्कार पीडित महिलाको उपचारको क्रममा मृत्यु

१ आश्विन २०८२, बुधबार 

धादिङ ।

बलात्कार पीडित अपाङ्गता भएकी २९ वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको छ । मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई घरमा कोही नभएको माैका छोपेर नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले भदौ २५ गते बलात्कार गरेको पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास हमालले बताए ।

पीडित महिलाको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

रक्तअल्पता भएको अवस्थामा सिकिस्त बिरामी परेर धादिङ अस्पतालमा भदौ ३१ गते उपचारका लागि भर्ना भएकी पीडितको अस्पतालमा रगत समेत चढाएर उपचार गर्दा गर्दै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।

आरोपित मानन्धर फरार छन् । आरोपितलाई पक्राउ गर्न गाउँवासीले घटनापछि आग्रह गरेको भएपनि आरोपित  फरार छन् । शवको बुधवार धादिङ अस्पतालमा पोस्टमार्टम भयो ।