14.4c Kathmandu, Nepal

Friday, January 16, 2026
४ महिना अगाडि

दश हजार कर्मचारी कटौती गरिने

सचिवस्तरीय बैठकमा सैद्धान्तिक सहमति

काठमाडौँ, । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा १० हजार कर्मचारी कटौती गरिने भएको छ ।

images

सरकारले निजामती सेवा अन्तर्गत सङ्घीय तहमा २० प्रतिशतले कर्मचारी घटाउने तयारी गरेको छ ।

 मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । 


हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने छ ।

यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।

निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ