14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
६ महिना अगाडि

जेनजी आन्दोलनमा घाइते रविलक्ष्मीको देब्रे हात काटियो, अझै आइसियुमै

दुई पटक भयो शल्यक्रिया

शुक्रबार, ३ असोज २०८२

 पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए ।

जलेको अवस्थामा उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उहाँको  देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि उहाँको  हात काट्नुपरेको हो ।

उहाँको दुइपटक शल्यक्रिया भइसकेको छ, अस्पताल श्रोतले भन्यो,“हाम्रो लागि उहाँ झलनाथको श्रीमति नभएर एउटा बिरामी हो, त्यसैले बिरामीको सबै विवरण भन्न सकिदैन ।” अस्पताल श्रोतका अनुसार उहाँ अझै पनि आइसियुमा उपचाररत हुनुहुन्छ ।