फोक्सोको ठुला श्वास प्रश्वास नलीमा एलर्जीले गर्दा उत्पन्न हुने इन्फ्लामेटरी रेस्पोन्स अर्थात श्वास प्रश्वास नली साघुँरिन गई श्वास प्रश्वास प्रक्रियामा उत्पन्न हुने एक प्रकारको कठिनाईलाई ब्रोङ्किएलआज्मा भनिन्छ । अर्को शब्दमा यसलाई दम खोकीको समस्या भनेर पनि बुझ्न सकिन्छ । धुलो, धुवा, प्रदुषण, चिसो, चिल्लो खानपान, धूमपान, फुलबाट निस्कने पराग, बायू प्रदुषण, बर्षातका कण आदिबाट कतिपयको […]
कहिलेकाहिँ तपाईले देख्नु भएको होला नवजात शिशु नरोएको बेला पनि एक वा दुवै आँखामा आँशु भरिएको हुन्छ । आँशु झरेर गालातिर बगि रहेको हुन्छ । बच्चा स्वस्थ देखिन्छ तर आँशु आउने समस्या भने रोकिदैन ।यस्तो हुनुभनेको बच्चाको आँशु नलिमा केही समस्या भएको हुनसक्छ । सामान्यतया बच्चा जन्मने बेलासम्म आँखामा आँशु रहने थैली र आँशु बग्ने […]
केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ। यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्। एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने […]