काठमाडौं – नेपाल नर्सिङ काउन्सिलको प्रविणता प्रमाणपत्र तह (पीसीएल)नर्सिङको लाइसेन्स परीक्षामा यसपटक १७.४४ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् । काउन्सिलका अनुसार यस पटकको पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ६४५ ले फर्म भरेका तथा ६०२ जना सहभागी थिए, जसमध्ये १०५ जना उत्तीर्ण भएका हुन् । जुन १७.४४ प्रतिशत हो। त्यस्तै बीएस्सी नर्सिङतर्फ २१७ ले फर्म भरेका तथा […]
काठमाडौं – समयअनुकूल सेवा सुविधा बढाउनुपर्ने माग राख्दै नेपालभरका विभिन्न मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।उनीहरू सरकारी पाँचौं तहसरहको पारिश्रमिक, कार्यभारअनुसारको अतिरिक्त भुक्तानी, […]
सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होमिएकी छन् रमिला। उनले रहरले रोजेकी हुन् नर्सिङ पेसा। उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन। रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होमिएकी रमिलालाई अचेल कहिलेकाहीँ कुण्ठा जाग्ने गरेको छ। नजागोस् पनि किन! स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ। जहाँ सेवा गरेर मेवा पाउने आशा […]
सम्मानजनक तलब र सुविधाको माग पूरा गर्न शुक्रबारसम्म चेतावनी दिएका नर्सहरू प्रशासनले उल्टो अपमान र सशंकित गराउन थालेपछि फेरि सेवा छाडेर आन्दोलनमा उत्रिएका छन् । २६ असोज, पोखरा । अस्पतालभित्र बिरामीको चित्कार र आफन्तको दौडधुप छ । मूल भवनबाहिर अस्पतालका नर्सहरूको पीडा र शोषणविरुद्धको आवाज गुञ्जिरहेको छ । दिनरात बिरामीको सेवामा खटिइरहेका नर्सहरू अस्पताल प्रशासनबाट […]
“स्वास्थ्यको रिफर्म भनेकै नर्सिङ केयर हो। चिकित्सक नभए पनि अस्पताल चल्छ तर नर्स नभए अस्पताल ठप्प हुन्छ।” काठमाडौं । कामले आफ्नो पेशालाई कति प्रसिद्ध गराउँछ भन्ने उदाहरण संसारमै धेरै पाइन्छ। कोमामा पुगेका पेशा कुनै एक व्यक्तिको अदम्य प्रयासले आमूल परिवर्तन भएको इतिहास पनि छ। त्यसको प्रत्यक्ष उदाहरण हो—नर्सिङ पेशा। १९ औं शताब्दीको मध्यतिर इटालीकी फ्लोरेन्स […]
काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]
काठमाडौँ , बुधबार ३ पुस, २०८१ अभिभावकहरूले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र […]
काठमाडौं । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको परिपत्रमा […]