कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ । जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ । मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ । युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो । युवाहरुमा उच्च कोलेस्ट्रोल-ट्राइग्लीसेराइड छ भने यसको कुनै पनि लक्षण नहुन सक्छ । यसले गर्दा स्वस्थ व्यक्तिमा पनि अचानक समस्या उत्पन्न हुनसक्छ । त्यसैले २० वर्षभन्दा बढी उमेर समुहका मानिसहरुले समयमै आफ्नो रगत परिक्षण गरी कोलेस्ट्रोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ । कोलेस्ट्रोलको जाँच रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ । रगतमा एल.डि.एल.को मात्रा १०० मिलीग्राम प्रतिशत भन्दा कम हुनुपर्छ । त्यसैगरी ट्राइग्लीसेराइड १५० मिली भन्दा कम हुनुपर्छ । औषधि कस्तो अवस्थामा सुरु गर्ने ? औषधि सुरु गर्ने-नगर्ने योजना धेरै कुरामा निर्भर हुन्छ । कोलेस्ट्रोलको स्तर मात्रले सधै औषधि लिने निर्णय गरिदैन । कोलेस्ट्रोलको स्तर सँगसँगै मुटुरोग, मस्तिष्क रोग तथा अन्य यस्ता रोग लाग्ने संभावनामा पनि निर्भर रहन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, ध्रुमपान तथा मदिरा सेवन, वंशाणुगत, मुटुरोग आदि छ भने त्यस्ता विरामीमा कोलेस्ट्रोलको मात्रा हेरेर प्रायः औषधि दिने निर्णय गर्नुपर्ने हुन्छ । यसको निर्णय चिकित्सकले नै गर्नेगर्छ । किनभने यसले हृदयघात र मस्तिष्कघातबाट बचाउँने प्रशस्त प्रमाण भेटिएको छ । त्यसैले अलि बढी कोलेस्ट्रोल भएमा पनि औषधि दिनुपर्छ भन्ने मेडिकल साइन्सले देखाएको छ । उच्च कोलेस्ट्रोल देखियो भने सुरुमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने र जीवनशैली आहार बिहारमा परिवर्तन गरेर कोलेस्ट्रोलबाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ । कोलेस्ट्रोलको औषधि चिकित्सकको सल्लाहमा नियमित रुपमा लामो समय सम्म सेवन गर्नुपर्ने हुन्छ । आफ्नो इच्छा अनुसार खाने र छोड्ने गर्नु हुदैन । यसले गर्दा कोलेस्ट्रोलको मात्रामा घटबढ भई झन खतरा हुनसक्छ । उपचार प्रक्रिया कोलेस्ट्रोल नियन्त्रण राख्ने प्रमुख उपाय खानपीनको सन्तुलन नै हो । कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधिले हृदयघात र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ । कोलेस्ट्रोलको स्तरलाई घटाउँन र सामान्य अवस्थामा ल्याउन औषधिको प्रयोग गर्नुपर्छ । पछि गएर आफ्नो जीवनशैलीमा परिवर्तन गरेर खानपीनमा सुधार ल्याएर औषधिको मात्रा घटाउँने र बन्द गर्न पनि मिल्छ । तर मधुमेह, हृदयघातका विरामीले औषधि नियमित रुपमा सेवन दिनुपर्छ । यस्ता बिरामीले कहिलेकाहीँ सामान्य स्तरको कोलेस्ट्रोलमा पनि औषधि खानु पर्ने हुनसक्छ । मदिरा सेवनले पनि ट्राइग्लीसेराइड बढाउँन सक्छ । थोरै मदिरा सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने मान्यता छ, तर यो पूर्ण सत्य होइन । वियरले ट्राइग्लीसेराइड बढाउने काम गर्छ । थोरै मात्रामा वाइनको सेवनले राम्रो कोलेस्ट्रोल बढाउँन सक्छ । तर, मुटुलाई राम्रो गर्छ भन्ने सोचले मदिरा सेवन गर्नु बैज्ञानिक रुपले गलत सावित भएको छ । उच्च कोलेस्ट्रोल भएमा तौल घटाउन जरुरी हुन्छ । यसका लागि दिनहुँ हिड्ने, व्यायाम गर्ने, खानपीनमा ध्यानदिने गर्नुपर्छ । हिडाइले नराम्रो कोलेस्ट्रोलको स्तर घट्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइड भएका व्यक्तिमा प्राणघातक रोगको खतरा भएकोले यसको स्तरलाई सक्दो चाडो नियन्त्रणमा लिनु जरुरी हुन्छ । शुरुमा चिकित्सकको सल्लाह अनुसार औषधि खाएर पछि खानपीन र जीवनशैलीमा सुधार ल्याएर सधैको लागि विना औषधि नियन्त्रण गर्न सकिन्छ । यसको लक्षण नुहने भएकाले समयमै लिपिड प्रोफाइल जाँच गर्नु जरुरी हुन्छ ।
बढ्दाे जाडाेका कारण अहिले थुप्रै मानिसहरू जोर्नीको दुखाईबाट पिडित छन्
केही समय अगाडिसम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र
कुन अवस्थामा पीसीआर टेस्ट गर्ने ? यदि तपाईंको कुनै संक्रमितसँग
काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग
रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा
मध्य वैशाखको महिना, देशब्यापी लकडाउन, नेपालमा दैनिकजसो छिटफुट कोरोनाको विरामीहरु
सारा संसारलाई दपेटिरहेको कोरोनाभाइरसको संक्रमण अहिले निक्कै ठूलो पहेली जस्तै
नेपालभरमा हालसम्म ३८ हजार पाँच सय ८४ जना कोभिडका सक्रिय
मलाई सम्झना छ, जुन बेला शिक्षा मन्त्रालयले प्रवेश परिक्षा लिएर
बढ्दाे जाडाेका कारण अहिले थुप्रै मानिसहरू जोर्नीको दुखाईबाट पिडित छन्
काठमाडौँ — कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश
सन्दर्भ : विश्व अस्टियोपोरोसिस दिवस अक्टोबर २० ५५ वर्षीया रामकली
चिकित्सा विज्ञानमा भएका धेरै अनुसन्धानहरूले भुँडी लाग्ने समस्यालाई अनेकौं रोगहरूको
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको
अलिअलि भन्दाभन्दै नेपालमा पनि कोरोना पोजेटिभ हुनेको संख्या उल्लेख्य रूपमा
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई
काठमाडौं- कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेसका सांसद
काठमाडौं : महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले कोभिड– १९ लाई सामान्य
चाडबाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको
काठमाडौँ, २४ असोज । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ