१६ श्रावण २०७८, शनिबार
१६ माघ २०७७, शुक्रबार २०:१९

टिप्स

कसरी गर्ने परीक्षाको तयारी ?

अहिले परीक्षाको मौसम छ । बिद्यार्थीको ध्यान पढाइमा केन्दि्रत छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? अक्सर बिद्यार्थीको ध्याउन्न यहिं हुने गर्छ । एक हिसावले यो सहि पनि हो । तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको

उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको प्रकोप तथा यसबाट बच्ने उपाय

कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा  (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ । जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ । मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ । युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो । युवाहरुमा उच्च कोलेस्ट्रोल-ट्राइग्लीसेराइड छ भने यसको कुनै पनि लक्षण नहुन सक्छ । यसले गर्दा स्वस्थ व्यक्तिमा पनि अचानक समस्या उत्पन्न हुनसक्छ । त्यसैले २० वर्षभन्दा बढी उमेर समुहका मानिसहरुले समयमै आफ्नो रगत परिक्षण गरी कोलेस्ट्रोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ । कोलेस्ट्रोलको जाँच रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ । रगतमा एल.डि.एल.को मात्रा १०० मिलीग्राम प्रतिशत भन्दा कम हुनुपर्छ । त्यसैगरी ट्राइग्लीसेराइड १५० मिली भन्दा कम हुनुपर्छ । औषधि कस्तो अवस्थामा सुरु गर्ने ? औषधि सुरु गर्ने-नगर्ने योजना धेरै कुरामा निर्भर हुन्छ । कोलेस्ट्रोलको स्तर मात्रले सधै औषधि लिने निर्णय गरिदैन । कोलेस्ट्रोलको स्तर सँगसँगै मुटुरोग, मस्तिष्क रोग तथा अन्य यस्ता रोग लाग्ने संभावनामा पनि निर्भर रहन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, ध्रुमपान तथा मदिरा सेवन, वंशाणुगत, मुटुरोग आदि छ भने त्यस्ता विरामीमा कोलेस्ट्रोलको मात्रा हेरेर प्रायः औषधि दिने निर्णय गर्नुपर्ने हुन्छ । यसको निर्णय चिकित्सकले नै गर्नेगर्छ । किनभने यसले हृदयघात र मस्तिष्कघातबाट बचाउँने प्रशस्त प्रमाण भेटिएको छ । त्यसैले अलि बढी कोलेस्ट्रोल भएमा पनि औषधि दिनुपर्छ भन्ने मेडिकल साइन्सले देखाएको छ । उच्च कोलेस्ट्रोल देखियो भने सुरुमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने र जीवनशैली आहार बिहारमा परिवर्तन गरेर कोलेस्ट्रोलबाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ ।


प्रकाशित मिति | २ पुष २०७७, बिहीबार १९:०६