३० आश्विन २०७८, शनिबार
३ आश्विन २०७८, आईतवार १५:१७

जानकारी

महामारीमा बिरामी भर्ना नलिने घोषणा गरेका निर्देशकलाई सुर्कीतिमय राष्ट्रदीप पदक

स्वास्थ्यतर्फका पदकमा ‘गोलमाल’, एकको नाममा सिफारिस पदक अर्कैलाई काठमाडौं–कोभिड—१९ महामारीको समयमा अस्पतालले बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेर विवादमा तानिएका अस्पताल निर्देशकलाई सरकारले सुर्कीतिमय राष्ट्रदीप पदक दिने घोषण गरेको छ । कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर

उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको प्रकोप तथा यसबाट बच्ने उपाय

कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा  (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ । जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ । मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ । युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो । युवाहरुमा उच्च कोलेस्ट्रोल-ट्राइग्लीसेराइड छ भने यसको कुनै पनि लक्षण नहुन सक्छ । यसले गर्दा स्वस्थ व्यक्तिमा पनि अचानक समस्या उत्पन्न हुनसक्छ । त्यसैले २० वर्षभन्दा बढी उमेर समुहका मानिसहरुले समयमै आफ्नो रगत परिक्षण गरी कोलेस्ट्रोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ । कोलेस्ट्रोलको जाँच रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ । रगतमा एल.डि.एल.को मात्रा १०० मिलीग्राम प्रतिशत भन्दा कम हुनुपर्छ । त्यसैगरी ट्राइग्लीसेराइड १५० मिली भन्दा कम हुनुपर्छ । औषधि कस्तो अवस्थामा सुरु गर्ने ? औषधि सुरु गर्ने-नगर्ने योजना धेरै कुरामा निर्भर हुन्छ । कोलेस्ट्रोलको स्तर मात्रले सधै औषधि लिने निर्णय गरिदैन । कोलेस्ट्रोलको स्तर सँगसँगै मुटुरोग, मस्तिष्क रोग तथा अन्य यस्ता रोग लाग्ने संभावनामा पनि निर्भर रहन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, ध्रुमपान तथा मदिरा सेवन, वंशाणुगत, मुटुरोग आदि छ भने त्यस्ता विरामीमा कोलेस्ट्रोलको मात्रा हेरेर प्रायः औषधि दिने निर्णय गर्नुपर्ने हुन्छ । यसको निर्णय चिकित्सकले नै गर्नेगर्छ । किनभने यसले हृदयघात र मस्तिष्कघातबाट बचाउँने प्रशस्त प्रमाण भेटिएको छ । त्यसैले अलि बढी कोलेस्ट्रोल भएमा पनि औषधि दिनुपर्छ भन्ने मेडिकल साइन्सले देखाएको छ । उच्च कोलेस्ट्रोल देखियो भने सुरुमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने र जीवनशैली आहार बिहारमा परिवर्तन गरेर कोलेस्ट्रोलबाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ ।


प्रकाशित मिति | २ पुष २०७७, बिहीबार १९:०६